सडक भत्केपछि सातवटा गाउँहरुको सम्पर्क शहरसित टुट्यो

डी के वाइबा, कालेबुङ, 13 अगस्त।  यस वर्ष बिगत वर्षहरु झै पहाडमा लगातार बर्षा नभए पनि शनिबार आएको केहीक्षणको हात्तिसुढे पानीले भने यहाँको पालादेखि प्रिमतामसम्म जाने सडक अवरुद्ध बनेको छ। रेली समथार समष्टि अन्तर्गत पालादेखि प्रिमताम सम्म पर्ने सडक अव्रुद्ध बनेपछि क्षेत्रका मानिसहरु समस्यामा परेका छन। उक्त पैह्रो पालादेखि केही पर मेन्सु पुल नजिक  गएको हो। पैह्रोले बाटो चुडेर लागेपछि मोठ सातवटा गॉंउहरू पूर्ण रूपमा प्रभावित बनेको छ। अचानक आएको हात्तिसुडे बर्षाले सड्क बिच्छिन्न बनेपछि यस सडक भएर यातायत गर्नेहरु समस्यामा पर्न पुगेका छन। दैनिक गाउँबाट अनेकौ काम काजहरु लिएर कालेबुङ शहर धाउँन पर्ने मानिसहरु बाटो पैहोले लगेपछि अब कहिले यातायात पुन: सुचारु बन्ने हो भन्ने प्रतिक्षामा बसेका छन। उक्त पैह्रोले सडक दबिएर गएपछि योक, प्रिमताम, रङ्गुल, चोइखिङ, अधिकारी गाउँ, दत्ते गाउँ अनि लोवर खानीका मानिसहरूले हिजोदेखि नै उक्त मार्ग भएर यातायात गर्न सकिरहेका छैनन। पैह्रोले गाउँलाई शहरसित जोड्ने उक्त ईलाकाको एकमात्र सडक बन्द बनेपछि मानिसहरु समस्यामा पर्नुको साथै कालेबुङ शहरमा अवस्थित सरकारी कार्यलयहरुमा समेत आफ्नो काम गर्नलाई आउन सकिरहेका छैन। जसले गर्दा अहिले उक्त ईलाकाहरु कलापानी सरह नै बन्न पुगेको छ। बर्षाले सडक दबिएर सम्पर्क बिच्छिन्न बने पनि अझसम्म उक्त ईलाकामा कसैले ध्यान नदिएको पनि गाउँलेहरुले गुनासो पोखेका छन। यस समबन्धमा क्षेत्रका बासिन्दा करुण प्रधानले जानकारी दिदै पैह्रोको कारण दैनिक उक्त सडक भएर बजारमा आउँने मानिसहरु लगायत गाउँबाट दैनिक कालेबुङ शहरमा अवस्थित स्कूल तथा कलेज आउँने बिद्यार्थीहरु बिशेषरुपले समास्यामा परेको जानकारी दिदै यस सम्बन्धमा बिभागले ध्यान दिनुप[अर्ने माग गरेका छन।

यस वर्ष बिगत वर्षहरु झै पहाडमा लगातार बर्षा नभए पनि शनिबार आएको केहीक्षणको हात्तिसुढे पानीले भने यहाँको पालादेखि प्रिमतामसम्म जाने सडक अवरुद्ध बनेको छ।

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.