डी के वाइबा, कालेबुङ 17 अगष्ट। कालेबुङको पीडब्ल्युडी
बिभागमा ब्यापक धाँधली भएको माकपा नेता तरा सुन्दासले आरोप लगाएका छन। तिनले 2007
देखि 2010 सम्म पीडब्ल्युडी बिभागले कति कार्य गर्यो अनि उक्त कार्यहरु बारे
टेण्डर नोटिस कुन पत्र पत्रिकामा सार्बजनिक गरेको छ भनेर बिभागलाई गरेको आरटीआईको
जवाबमा बिभागले काजग पत्र खोज्न समय लाग्ने बताएको जनाउँदै उक्त पत्र पठाएको महिना
दिन बित्दा समेत कुनै जानकारी नआउँदा आफुले सुचनाको अधिकारको कानुन अन्तर्गत बिभागिय
सचिवलाई पत्रचार गरेर जानकारी मगेको बताए। यस बिषयमा बिभागीय सचिवले बिभागलाई
आफुले मागेको जवाब यथाशिघ्र दुनु भनेर पत्रचार गरेको बताउँदै उक्त पत्र आए पछि
बिभागले आफुलाई दिएको जवाबमा कामहरुको नाम अनि स्थान साथै शुरु भएको तारिक अनि
कार्य समाप्तिको तारिक मात्र उल्लेख गरेको कागज देखाउँदै उक्त काम कुराको कुनै
हिसाब नदिएको दाबी गरे। तिनले बिभागले आफुलाई आरटीआई अनुरुप मागेको जवाबमा किन
कार्यको मूल्य बारे जवाब दिएन भन्ने प्रश्न गर्दै यसले बिभागले व्यापक धाँधली
गरेको प्रमाणित हुने टोकुवा गरेका छन। तिनले उक्त कार्यहरुको बिज्ञापन हुने
पत्रिकाको नाम मागेको सन्दर्भमा बोल्दै यस बिषयमा पनि बिभागले जवाब नदिएको
आरटीआईको प्रतिलिपी जवाब पत्रकारहरुलाई देखाए। य्स सम्बन्धमा तिनले बिभागले अहिले
मनमानी कार्य गरिरहेको बताउँदै किन कुनै पनि कार्यको टेण्डर नगरि कार्य गरिरहेको छ
भन्ने प्रश्न गर्दै यस कारुयहरु हेर्दा बिभागले बिभिन्न कार्यहरुमा ब्याकप धाँधली
गरेको सुन्दासले आरोप लगाउँदै किन कुनै कार्यबारे सार्बजनिक हुँदैन भनि प्रश्न
गरे। बिभागले यस प्रकारको कार्यले गरिब जनता मर्ने काम भईरहेको दाबी गर्दै यहाँ
बिभागले बिभिन्न प्रकारको कामहरुमा भाई बन्धि गरेर जनतालाई लुट्ने कार्य गरेको पनि
तिनले आरोप लगाएका छन। यस बिषयहरुलाई लिएर तिनले थप बिभागिय सचिवलाई पत्रचार गरेर
जानकारी मागेको बताउँदै जनताको हितमा आफु लडीरहेको दाबी गरे। तिनले प्रत्येक
सरकारी कार्यलयहरुमा पारदर्सी काम हुन पर्ने नियम भएको बताउँदै आज किन बिभागले
पारदर्शी कार्य गरिरहेको छैअन भनि प्रश्न तेर्साए।
Post a Comment
We love to hear from you! What's on your mind?