जी.टी.ए.को निम्ति सबै भन्दा ठुलो चुनौती बन्द कुलैन कारखानालाई खुलाउनु

मङपू१२अगस्ट:(केशर मोक्तान): पहाड़को  दोस्रो बृहत उध्योग सिन्कोनको  खेति मङपूमा अग्रेजहरुले  १८६८ देखि शुरु गरेको इतिहास छ भने पछिबाट राज्य सरकारको सी.एन.आई. बिभागले देख रेख गर्दे आइरहेता पनि डिसम्बर २००६ साल देखि हाल सम्म राज्यका खाध्यप्रकरण एवं हर्टिकल्चर बिभागले सिन्कोना उध्योगलाई देखरेख गर्दे आई रहेका थिए|तर अब यस उध्योगलाई सम्हालेर अगि लैजाने भार जी.टी.ए को काधँ माथि आएको छ|राज्य सरकारले प्रति बर्ष २६ करोड़ घाटामा रहेको आक्रड़ा देखाउदैं भए पनि हाल सम्म सिन्कोनालाई दुख सुख चलाई रहेका थिए तर अब जी.टी.ए मार्फत यस उध्योगलाई चलाएर सरकारलाई मुनाफा देखाउनु ठूलो चुनावती देखा परेको छ|हालमा प्राय ६ हजार श्रमिक कर्मचारी तथा ४५ हजार मानिसहरु यस उध्योग माथि आश्रीत छन्|यदपि सिन्कोना बगानको मासिक वेतन भने राज्य सरकारले नै जी टी ए मार्फत दिने कुरो हिज मङपू निर्देशालयमा आइपुगेका जीटीए सिन्कोना विभागका भारप्राप्त सभासद सामुएल गुरुङले पत्रकारहरुलाई बताए|तर चाखलाग्दो बिषय के छ भने जी.टी.ए  भारप्राप्त सभासद सामुएल गुरुङ मङपू सिन्कोना भ्रमणमा आएको समय मङपू जोन मोर्चा नेतागण तथा सधैँ श्रमिक मजदुरको हितमा लड़ने दार्जिलिङ तराई डुवर्स प्लान्टेसन लेबर यूनियनकै सचिव तथा यूनियन प्रतिनिदीबर्गले उनलाई भेट गरेनन्|प्रथमत: जीटीए मार्फत सिन्कानाबासी श्रमिक कर्मचारीको हितमा १९९२ साल देखि बन्द अवस्थामा रहेको मङपू कुलैन कारखानालाई खोल्नु पर्ने सिन्कोनाबासीको मांग रहेको छ|बन्द अवस्थामा रहेको मङपू कुलैन कारखानालाई खुलाएर सिन्कोनालाई संचालन गर्न सके पाँच बर्ष भित्र सिन्कोनाले नाफा दिन सक्ने कुरामा आस्वस्त रहेको बताउछन  सिन्कोना बगान निर्देशक डा.जी सी.सुब्बा|सरकारले “सिक इन्डस्ट्रीको; नजरले हेरेको सिन्कोना उध्योग लाई जी.टी.ए  मार्फत संचालन गरेर मुनाफादिनु जी.टी.ए सभाको निम्ति ठूलो चुनावती  रहेको देखिन्छ|

पहाड़को दोस्रो बृहत उध्योग सिन्कोनको खेति मङपूमा अग्रेजहरुले १८६८ देखि शुरु गरेको इतिहास छ भने पछिबाट राज्य सरकारको सी.एन.आई. बिभागले देख रेख गर्दे आइरहेता पनि डिसम्बर

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.