डी के वाइबा, कालेबुङ, 6 अगस्त: सिक्किम राज्यमा बितरण हुने
राशन अहिले 31 ए राष्ट्रिय राजमार्गमा थुप्रिएर बसेको छ। बिशेष एफसीआईको राशिन
बोक्ने लगभग 150 वटा ट्रकले आफ्नो माग गर्दै ट्रकहरु बन्द
राखेको
कारण उक्त राशन सबै वाहनहरुसंगै सडकमा जाम लागेको छ। बिशेष राशन बोक्ने ट्रकहरुले
एनजेपीबाट राशन लिएर सिक्किम जाँदा राशनको ओजनमा गडबडी हुँदा उक्त गडबडीको बरपाई
चालकहरुबाट मालिकपक्षले वेतन काटेर गर्ने गरेको आरोप लगाउँदै चालकहरुले सम्पूर्ण
ट्रकहरु बन्द गरेको छ। एफसीआईको राशन बोक्ने ट्रकहरुले राशन नबोकेर ट्रकहरु सडकमा
लामेताँत राखेको हप्ता दिन पुरा हुँदा पनि यता यसबारे सिक्किम सरकारले मौनता
अप्नाएको पनि कतिपय चालकहरुले आरोप लगाएका छन। जनमुक्ति हिमालयन चालक सङ्गठनका प्रचार प्रसार सचिव धनकुमार प्रधानले यस बिषयमा कुराकानी गर्दै चालकहरुले
एनजेपीबाट वाहनमा लादेर ल्याएको राशन सिक्किम राज्यमा पुगेर ओजन गर्दा कहिले कहीँ
कम हुने बताउँदै उक्त कम भएको खण्डमा ट्रकका मालिकहरुले चालकहरुको वेतनबाट पैसा
कटौति गरिरहेको जानकारी गराएका छन। तिनले यसै सम्बन्धमा कहिले काहीँ ओजनमा धेर
भएको खण्डमा भने चालकले केहि पाउँदैनन भने। एनजेपीबाट सिक्किमसम्मको यात्रा अवधी
बाटोमा चुहुने बोराहरुबाट राशन पोखिएर कहिले काहीँ एक दुई किलो कम हुन सक्ने
सम्भावना रहेको बताउँदै यसमा चालकको कुनै दोष नरहेको पनि तिनले दाबी गरे। तिनल
एनजेपीबाट यसरी राशन बोक्ने ट्रकहरु 150 वटा भन्दा धेर रहेको बताउँदै प्रत्येक
ट्रकले 10 टन राशन बोक्ने कार्य गरिरहेको पनि जानकारी गरईका छन। उक्त राशन बोक्दा कुनै
कारणबस गडबडी भए मालिकपक्षले प्रति किलो 37 रुपिया कटोति गर्ने गरेको पनि तिनले
दाबी गरे। उक्त पैसा कटौति पटक्क न्यायसंगत नरहेको बताउँदै चालकहरुलाई प्रति टन
पाँचकिलो राशनको छुट दिनुपर्ने माग गरे। मालिकपक्ष अनि ठेकेदारहरुले मानसिक दबाव
दिने कार्य यथाशिघ्र बन्द गर्नुपर्ने माग गर्दै यस सम्बन्धमा सिक्किम सरकारले पनि
ध्यान दिन आवश्यक रहेको चालकह्रुको माग रहेको छ। जबसम्म यस सम्बन्धमा मालिक पक्षले
चालकहरुको समस्या समाधान गर्दैन तबसम्म ट्रकहरु राशन बोक्नेछैन भनि संगठनले स्पष्ट
बताएकको छ।
अर्कोतिर जनमुक्ति हिमालयन
चालक सङ्गठनले ट्क मालिकहरूमाथि लगाएको आरोप दार्जीलिङ गोर्खा हील ट्रक ओनर्स
एसोसिएसनले मानिलिएको छ। संगठनले पैसा काटनु आफुन बाध्याता हो भनि प्रेस बिज्ञाप्तिमा
बताएको छ। राशन गडबडी हुँदा मालिकहरुबाट ठेकेदारले प्रतिकिलो 37 रुपिया काट्ने
गरिरहेको कारण नै मालिकपक्षले चालकहरुबाट पैसा कटौति गर्न बाध्य बनेको जानकारी
गराएका छन। यदि एफसीआई
ठेकेदारले पैसा काट्न छोडे मालिक पक्षले पैसा कटौति नगर्ने एसोसिएसनका अध्यक्ष
मदन छेत्रीले बिज्ञाप्तिमा बताएका छन।
Post a Comment
We love to hear from you! What's on your mind?