डी
के वाइबा, मङ्पू 9 सितम्बर। “पोहोर साल खुशी फटदा जतन गरी मनले टाले” – स्वर
सम्रागी स्वर्गीय अरुणा लामाले मधुर स्वरमा गाएकी गीत तिनकै 67 औँ जन्म दिवसको
अवसरमा यहाँको रविन्द्र भवनमा मङ्पूकै गायिका सुप्रिया राईले गाईरहेकी थिईन अनि
यता अरुणा लामाकी दिदी पवित्र योञ्जन अनि बिमला लामा गीत सुन्दै गहभरी आँसु पारेर
गीतकै लयमा रुदै थिईन। मङ्पूको माटोमा आफ्नो अमूल्य बाल्यकाल बिताएकी अरुणा लामाको
आज मङ्पू साँगीतिक एकाईको आयोजनामा 67 औ जन्म दिवस जयन्ति पालन गरियो। “अरुणा
लामाले चारसय भन्दा अधिक गीत गाईसकेकी छिन। तिनको अस्सी भन्दा अधिक गीतहरु
स्वर्बद्ध रहेका छन। तिनी चर्चित गायिका हुन। तिनको आवजमा साह्रै मिठो लय छ। तिनको
गीतले प्रत्येक मानिसहरुको मनलाई छुने गरेको हामी पाउँछौ। तिनी साँच्चै कोकिल
कण्ठकी गायिका हुन भन्दा कुनै अत्युक्ति हुनेछैन” – कवि सुरेन्द्र थिङले स्वर्गीय
अरुणा लामाको जीवनी संगै तिनको बिषयमा राखेको वार्तालाई प्रस्तुत गर्दै भनिरहेकी
थिईन। “अरुणा लामालाई हामीले केही दिन सकेनौ। तिनलाई दार्जीलिङले स्वर सम्रागी
भनेर उपाधी दिनु भन्दा धेरै वर्ष अघिनै तिनलाई काठमाण्डौले तिनलाई स्वर किन्नरीको
उपाधीले सुशोभित गरिसकोको थियो”- सुरेन्द्र थिङले अझ भन्दै थिए। “दार्जीलिङले
अरुणा लामालाई जन्मायो अनि तिनको गीतले सारा नेपाली संसारलाई झुमायो तर दुर्भाग्य
दार्जीलिङमा न त अरुणा लामाको सालिग बनियो, न त तिनको कुनै संग्राहलय अथवा सडकको
नै नामकरण भयो। आज पनि अरुणाले गाएकी कालजयी गीतहरु बजिरन्छन तर दार्जीलिङले
जन्माएको अरुणाको सम्झनाको निम्ति दार्जीलिमा कुनै यस्तो चिज छैन जहाँ अरुणाको नाम
जोडिएको छ। यसैले अब अरुणालाई सन्धै सम्झना गर्न दार्जीलिङमा केहि हुन आवश्यक छ।
तिनको सम्झनामा डाक टिकट बनाउँनको निम्ति अब सम्पूर्ण दार्जीलिङले पहल गर्न आवश्यक
छ” – कवि सुरेन्द्र थिङले वार्ता राख्दओइ अझ भने। कार्यक्रक चल्दै थियो अरुणा
लामाले गाएकी मर्मस्पर्शी गीतहरु मञ्चमा मङ्पू साँगीतिक एकाईका कलाकारहरुले
क्रमबद्धरुपले गाईरहेको समय यता दर्शक दिर्घामा बसेकी स्वर्गीय अरुणा लामाकी दुई
दिदीहरु पुरानो डाईरीमा लेखेका अरुणा लामकै गितहरु हेर्दै गितको धुनहरुमा खुबै
गहिराईमा डुबेर गुनगुनाउँदै आँखाबाट आँशु बर..र.. आँसु लगातर झारीरहेकी थिईन। उक्त
दृष्यले साँच्चै अरुणाको सम्झनालाई आलो बनाईदिएको थियो। कार्यक्रम चल्दै थियो
तिनले मधुर स्वरमा गाएकी गीतहरु कलाकारहरु गाउँदै थिए। दर्शकहरु गितको गहिराईमा
डुबेर रम्दै थिए। यसै सिलसिलामा मङ्पूकै कवि एंव कथाकार उदय थुलुङले अरुणा लामाले
गाएकी गीतहरुको आलोचना गर्दै गीतहरुको अरुणा लामाका गीतहरुले मानिसहरुको मनलाई
कसरी छुनछन भन्ने बताईन।
यता
क्रार्यक्रममा मुख्य अथितिका रुपमा उपस्थित रहेका बन बिभागका भारप्राप्त सभासद रतन
थापाले कार्यक्रलाई सम्बोधन गर्दै अरुणा लाईलाई श्रद्धाञली प्रकट गर्न तिनी
हुर्केकी गाउँ मङपूमा तिनको सालिग स्थापनाको निम्ति पहल गर्ने घोषणा गरे। बाल्यकाल
मङ्पूमा बिताएकी अरुणा लामा नेपाली संगीत जगतमा महान कलाकार रहेको बताउँदै तिनलाई
सम्झना गर्न अनि तिनको कलाकारितालाई कदर गर्न उक्त सालिग निर्माणको निम्ति आफ्नो
पक्षबाट पहल गर्ने तिनले घोषणा गरे। सोहि अवसरमा कार्यक्रमलाई अध्यक्षता गर्ने
सिन्कोना निर्द्रेशक डा जी सी सुब्बाले पनि स्वर्गीय अरुणा लामालाई साँचो
श्रद्धाञली अर्पण गर्न तिनको नाममा सालिग अथवा कुनै संग्रहालय निर्माणको पहल गर्ने
जानकारी गराएका छन। यसै अवसरमा कार्यक्रममा बिशिष्ट अथितिका रुपमा उअपस्थित रहेकी
स्व अरुणा लामाकी ठूली दिदी पवित्र योञ्जनले मङ्पूमा हुर्केकी अरुणा लामाको सालिग
ढिलै भए पनि निर्माण हुने कुराले अतिनै हर्ष लागेको बताईन।

Post a Comment
We love to hear from you! What's on your mind?