युजीआरएफ डिपुटी चिफ रुद्र आचर्य आज जमानतमा छुटे गोर्खाल्याण्ड माग्नेहरुलाई कुनै पनि समय सरकारले जे पनि गर्न सक्छ – रुद्र आचर्य

डी के वाइबा, कालेबुङ 3 सितम्बर। छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति सशस्त्र आन्दोलनको घोषणा गरेर एकाएक भूमिगत बनेका रुद्र आचर्य आज यहाँको संशोधनगृहबाट जमानतमा छुटेका छन। 21 अप्रेल 2012 को दिन आफैलाई यहाँको न्यायलयमा कानुनको अघि समर्पण गर्ने आचर्य चार महिना 14 दिनसम्म संशोधन गृहमा बसे पछि जमानतमा छुटेका हुन। तिनको जमानत याचिका यहाँको एडिसनल चिफ जुडिसियल मेजिस्ट्रेट राण दामले हिजनै स्वीकार गरेको भए पनि  एडिसनल डिस्ट्रिक एण्ड सेसन जर्ज ए भौमिकले कार्यलय समय समाप्त भएको कारण तिनको छुटकारा निर्देश पत्र जारी गरेको थिएन। आज सम्पूर्ण कानुनि प्रक्रिया समाप्त भएपछि आचर्य यहाँको संशोधन गृहबाट साँडे पाँच बजेतिर छुटे। तिनको स्वागतमा बिहानै देखि यहाँको न्यायलय परिसरमा तिनकी श्रीमती हिरा आचर्य, युजीआरएफ प्रमुख अजय दहाल लगायत परिवार पक्षका मानिसहरु उपस्थित रहेका थिए। लकभग साँढे पाँच बजेतिर तिनी जमानतमा छुटेपछि केहिसमयको निम्ति पत्रकारहरु संग कुराकानी पनि गरे। तिनले पत्रकारहरुसंग कुराकानी गर्दै छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति आगमी दिनहरुमा पनि संघर्षलाई जारी राख्ने बताएका छन। “जेलबाट बाहिर निस्कन्दा सबैलाई खुशी लाग्नु स्वाभाविक हो। मलाई पनि आज खुशी लागेको छ” – आचर्यले खुशी प्रकट गर्दै भने। यसै अवधी तिनलाई सोधेको प्रश्नको जवाब दिदै आफु जेलमा जातिको निम्ति बसेको बताउँदै छुट्टै राज्य गोर्खाल्याण्ड मात्र गोर्खाहरु समस्या समाधान हुने बताए। तिनले बिगत दिनहरुमा छुट्टै राज्यको निम्ति सशस्त्र आन्दोलनकारी भनेर मानिसहरुले भन्ने गरेको सन्दर्भमा बोल्दै मानिसहरुको बुझाईमा कमी रहेको अनि आफुहरुको पक्षबाट पनि कतिपय गल्तिहरु भएको बताएका छ। उक्त गल्यिहरुलाई आगमी दिनहरुमा  सुधारेर अघि बडने पनि तिनले कुराकानीकै अवधी स्पष्ट पारेका छन। “बिगत दिनहरुमा जे भयो भयो त्यसलाई हेरेर हामी कतिपय कुराहरु सुधार्नेछौ। गल्तिहरुलाई सच्चाएर आगमी दिनमा छुट्टै राज्यको निम्ति बैचारिक आन्दोलनलाई अघिबडाउन हामी कटिबद्ध छौ” – रुद्र आचर्यले भने। तिनले कुनै पनि संघर्षलाई सफलताको शिखरसम्म पुर्‍याउँनको निम्ति बर्ग सघर्ष आवश्यक रहेको बताउँदै बर्ग सघर्षको सफलता पछि मात्र जातिय उन्मुक्तिको समस्या समाधान हुने पनि जनाए। यसै सिलसिलामा भर्खरै गठन भएको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सम्बन्धमा तिनले टिप्पणी गर्दै “जीटीए सीताले देखेको सुनको मृग हो” भने। तिनले उक्त सुनको मृगको पछि लाग्दा सीताको कस्तो अवस्था भएको थियो भनि उल्टै पत्रकारहरुलाई प्रश्न समेत गरे। यसैक्रमा न्यायिक प्रकिया माथि प्रश्न गर्दा यसबारे अहिले केहि टिप्पणी नगर्ने पनि आचर्यले बताएका छन। तिनले आफुहरु छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति ईमान्दार बनेर जातिक मुक्तिको निम्ति जेल बसेको बताउँदै सरकारले गोर्खाल्याण्ड माग्नेहरुलाई कुनै पनि समय बिभिन्न षडयन्त्रहरु रचेर केहि गर्न सक्छ पनि भनेका छन।
अर्कोतिर रुद्र आचर्यको स्वागतमा बसेका युजीआरएफ अध्यक्ष अजय दहालले आफ्नो साथी जेलबाट छुटदा अत्यन्तै खुशी लागीरहेको बताए। तिनले यसै अवधी कुराकानी गर्दै “बिकासको निम्ति गोर्खल्याण्डको मुद्दा शहिद बनेको छ, विद्वानहरुको विद्वता टिकट केन्द्रित बनेर शहिद भयो। गोर्खाल्याण्डको निम्ति मर्ने साँचो शहिदहरुको सपना नै शहिद भयो। अहिले हामी शहिदहरुको जुठो बारिरहेका छौ अनि रुद्र आचर्य जेलबाट निस्केका होईनन तिनी यो शहिद बनेकाहरुको निम्ति बसेको कोराबाट निस्केका हुन। यसैले हामी अहिले शोकमा छौ” – अजय दहालले भने। यता आफ्ना पति जमानतमा छुटेपछि तिनकी श्रीमती हिरा आचर्यले अत्यन्तै हर्षको श्वस फेर्दै खुशि लागिरहेको बताईन। आफैलाई कानुनको अघि समर्पण गरेर ठिक चार महिना 14 दिन संशोधन गृह बसेका रुद्र आचर्य आज जमानतमा छुटेपनि तिनलाई पुन छ सितम्बरको दिन न्यायलयमा हाजिर हुने मिति तोकिएको छ।

छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति सशस्त्र आन्दोलनको घोषणा गरेर एकाएक भूमिगत बनेका रुद्र आचर्य आज यहाँको संशोधनगृहबाट जमानतमा छुटेका छन।

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.