डुवर्सवासीले धर्य राख्नुर्छ, जाँच समितिले कार्य गरिरहेको छ – डा हर्कबहादुर छेत्री

डी के वाइबा, कालेबुङ 7 सितम्बर। छुट्टै राज्य गोर्खाल्याण्ड गठनको मागमा तराई डुवर्स अनि सिलगडीको कुनै पनि भू भाग नछोड्ने नाराले दार्जीलिङ पहाडको आकश थर्किए पनि गोर्खाल्याण्ड छेत्री प्रशासनको गठन पछि आन्दोलन कालमा कहिल्यै सिलगडी जम्मै मागेनौ भन्ने मोर्चाको बयान अघि आएको छ। उक्त बयान मोर्चा प्रवक्ता एंव कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले दिएका छन। आज पत्रकारहरु संग भएको भेटघाट अवधी त्रीस्तरीय पञ्चायत चुनाव जीटीए क्षेत्रमा मात्र गरिए सिलगडीको कतिपय भूभागहरु छोडिनेछ भनेर सोधेको प्रश्नको जवाब दिदै तिनले सिलगडी कहिल्यै मोर्चाले आन्दोलनकालमा हामीलाई दिनपर्छ भनेर माग गरेनौ भने। तिनले यस अघि पनि “सिलगडी त्यति मात्र हाम्रो हो जति त्यहाँ हाम्रा मानिसहरु बस्ने गर्छन” भनेका थिए भने आज पुन: सिलगडी मोर्चाले आन्दोलन गर्दा कहिल्यै जम्मै मागेन भन्दै आन्दोलन कालमा केवल गोर्खा बहुल क्षेत्रहरुको माग गरेको पनि छेत्रीले बताए। दार्जीलिङ पहाडमा नयाँ राजनैतिक शक्तिको रुपमा जन्मेको गोजमुमो पार्टीले चलाएको 44 महिने आन्दोलन अनि आन्दोलनले ल्याएको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा पुन: एकचोटि डुवर्स छुटेपछि डुवर्सबाट मोर्चा नेताहरुले दिईरहेको सामुहिक राजीनामा बारे प्रश्न गर्दा तराई डुवर्स मोर्चाले नत्यागेको निर्धक्क भने। तिनले डुवर्सवासी जनताले मोर्चालाई पहिल्यैबाट बिश्वास गरेको बताउँदै मोर्चाले तिनीहरुलाई बिश्वासघात नगर्ने पनि बताए। तराई डुवर्स गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा गाभिएन भनेर डुवर्सका जनताहरु हतास हुनपर्ने कुनै आवश्यक्ता नरहेको बताउँदै तराई डुवर्सकै निम्ति अहिले पनि ‘फ्याक्ट भेरीफिकेशन कमिटि’ले कार्य गरिरहेको डा छेत्रीले बताएका छन। गोर्खा जातिले कहिल्यै धेर्य गरन नजानेको कारण नै अझ सम्म समस्या भोग्न परिरहेको बताउँदै डुवर्सवासी मानिसहरुले हतारमा कुनै निर्णय लिन अघि धर्य गरेर बस्नुपर्ने पनि आह्वान गरेका छन। तराई डुवर्सको भूभाग सम्बन्धि हाईपावर कमिटिले रिपोर्ट बुझाए पनि यसलाई जाँच गर्न गठन भएको फ्याक्ट भेरिफिकेशन कमिटिले जाँच कार्य गरिरहेको बताउँदै उक्त बिषय संवेदनशिल रहेको कारण डुवर्सवासीले हतारमा कुनै निर्णय लिन आवश्यक नरहेको पनि डा छेत्रीले बताएका छन। यसैक्रमा तिनलाई आगमी वर्ष सम्पन्न हुने पञ्चायत चुनाउ गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन क्षेत्रमा त्रीस्तरीय हुने वा दुईस्तरीय हुने भनि प्रश्न गर्दा सम्झौता पत्रमा त्रीस्तरीय पञ्चायत चुनाउ भएको कारण मोर्चाले त्रीस्तरीय चाहे त्रीस्तरीय हुने बताउँदै मोर्चाले कस्तो चुनाउ चाहन्छ भन्ने कुराको भने पुष्टि गरेनन।

छुट्टै राज्य गोर्खाल्याण्ड गठनको मागमा तराई डुवर्स अनि सिलगडीको कुनै पनि भू भाग नछोड्ने नाराले दार्जीलिङ पहाडको आकश थर्किए पनि गोर्खाल्याण्ड छेत्री प्रशासनको

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.