निकुन्जिका साहित्य शृंखलाको दशौँ प्रकरण सम्पन्न

मंग्पू | केशर मोक्तान: मंग्पूको साहित्य गरिमालाई उच्च स्थानसम्म पुराउने साथै कलिला कलमहरुलाई प्रोहोत्सान दिदै मासिक रुपमा साहित्यिक कार्यक्रम गर्दै आएका निकुन्जिका साहित्यिक संस्थाको आज  स्थानीय कस्तुरी एम० एस० के० विधालयमा साहित्यिक शृंखलाको दशौँ प्रकरण सम्पन्न भयो | साहित्यकार नन्द लामिछानेले संचालन गरेको कार्यक्रममा सुजीत थापाले स्वागत भाषण राखे | कार्यक्रममा प्रतिक शर्मा, सानु भट्टराई, खगेन्द्र बराइली, पी० एम० रामुदामु, सुभद्र बोम्जन, दीप थापा, उदय थुलुंग र नामो गुरुङले कविता वाचन गरे | यसरी कथाकार किरण ठकुरी, ए० के० गुरुङले लघु कथा पठन गरे भने आज पठन गरिएको सबै कविता, कथा र गीत गजल माथि समिक्षा साहित्यकार उदय थुलुंगले गरे | उक्त निकुन्जिका साहित्य शृंखलाको ११ वां प्रकरण आगमी २० जनवरी २०१३ मा शारदा उच्च विधालयमा सम्पन्न हुने तय भएको छ भने आयोजक समिति सम्पूर्ण साहित्य अनुरागीहरुमा हार्दिक स्वागत गर्दछ |

मंग्पूको साहित्य गरिमालाई उच्च स्थानसम्म पुराउने साथै कलिला कलमहरुलाई प्रोहोत्सान दिदै मासिक रुपमा साहित्यिक कार्यक्रम गर्दै आएका निकुन्जिका साहित्यिक संस्थाको आज स्थानीय कस्तुरी एम०

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.