खर्सांग महकुमा स्तरीय जोगीघाट कृषि मेला २०१३ को चौथो दिन

सिटोंग १७ जनवरी: खर्सांग महकुमा स्तरीय जोगीघाट कृषि मेला २०१३ को चौथो दिन खुबी भीड भाडका साथ सम्पन्न भयो | साबिक झैँ उपस्थित मानिसहरुले विभिन्न विभागीय स्टलहरुबाट विभिन्न आवश्यक जानकारी एवम सर – सामानहरु लिए भने पर्यटन विभाग, बागवानी विभाग आदिका सेमिनारबाट प्रशिक्षणहरु प्राप्त गरे | पर्यटन विभागको सेमिनारमा उपस्थित मानिसहरुलाई विभागीय प्रतिनिधि किशोर राईले दार्जीलिंगमा पर्यटन अनि बिशेष; गरी इको – टुरिजम र ग्रामीण पर्यटनको अतित, वर्तमान र भविष्यका सम्भावनाहरु माथि प्रकाश पर्दै पर्यटन रोजगारको असिमित क्षेत्र भएको जनाए भने सोधकर्ता अश्विन तामांगले होम स्टे अथवा ग्रामीण पर्यटनबारे पवर पोइन्ट प्रेजेन्टेशन प्रस्तुत् गर्दै त्यस बारे जानकारी एवम सुझाउहरु पेश गरे | प्रशिक्षण कार्यक्रममा भाग लिने पर्यटनसंग सम्बन्धित व्यक्तिहरुलाई प्रमाण पत्र वितरण गरियो | उसै गरी बागवानी विभागले पनि सुन्तला खेती बारे उपस्थित कृषकहरुलाई प्रशिक्षण प्रदान गरे | डीआरडीसी दार्जीलिंगका तर्फबाट स्व;निर्भर समुह बारे सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै नवराज छेत्रीले स्व:निर्भर समुह बारे विविध जानकारी दिए |
कृषि प्रदर्शनीमा गत १४ जनवरीदेखि प्रतियोगितात्मक प्रदर्शनीमा राखिएको कृषि उत्पादहरुका उत्पादक कृषकहरु मध्ये बिजेताहरुको नाम घोषित गरियो | विजयी प्रतियोगीहरुलाई १९ जनवरीको दिन पुरस्कार प्रदान गरिने छ |  
सभासद रतन थापा, अनित थापा, रमेश लामा अनि अन्य गन्य  मान्य व्यक्तिहरु उपस्थित रहेको कार्यक्रममा मगर संघ भारत द्वारा गीत नृत्य प्रस्तुत गरिए भने रियाज कला सदन मंग्पू, सोनादा कलाकार संगठन, ब्रदर्स  ब्याण्ड मंग्पूले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए | कार्यक्रमको संचालन अनित खाती, सुरेखा गुरुङ अनि विशोर कार्कीले गरेका थिए | 

खर्सांग महकुमा स्तरीय जोगीघाट कृषि मेला २०१३ को चौथो दिन खुबी भीड भाडका साथ सम्पन्न भयो |

Read latest post filed under mungpoo news, regional news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.