मङपुबाट सय प्रतिशत माध्यमिक उतीर्ण | सरस्वती बिद्यालयका केवल छेत्री मङपु टप्पर

mungpoo Madhyamik pariksha topper  kewal chettri 2013
मङपु२८मई(केशर मोक्तान): सोमबार माध्यमिक परीक्षाको  परीक्षाफल प्रकाशित भएको छ भने यस बर्षको माध्यमिक परीक्षामा मङपुबाट 206 जना छात्र छात्राले परीक्षा दिएका थिए भने यसपल्ट 191 जना अर्थात 91प्रतिसत छात्र छात्रा उतीर्ण भएका छन | यस बर्ष मङपुका तीनवटा विधालयहरु  सरस्वती बिद्यालय,शारदा बिद्यालय अनि अगमसिहंगिरी बिद्यालयका नानीहरु सयमा सय प्रतिसत उतीर्ण भएर मङपुको शैक्षिक गरिमालाई शिखरमा पुराउन सक्षम बनेका छन | यस बर्षको माध्यमिक परीक्षामा 584अंक अर्थात् 83.42 प्रतिसत लिएर सरस्वती उच्चतर माध्यमिक बिद्यालयका छात्र केवल छेत्री मङपु टप्पर(Madhyamik pariksha Mungpoo topper  kewal chettri) बनेका छन् | केवल छेत्रीले भौतिक बिज्ञान 95अंक,नेपालीमा 95अंक,अंकगणितमा 84अंक अनि जीवबिज्ञानमा 83अंक प्राप्त गरेका छन | यसरी सरस्वती बिद्यालयका सम्पूर्ण छात्रछात्राहरु माध्यमिक परीक्षामा उतीर्ण भएकोमा बिद्यालयका प्राचार्य एन.बी.छेत्रीले विद्यार्थी अनि अभिभावकगणलाई बधाई टक्राएका छन | अर्कोतिर यहाको शारदा उच्च माध्यमिक विद्यालयबाट यस बर्ष 13 जना बिद्यार्थीहरुले माध्यमिक परीक्षा दिएका थिए भने उक्त बिद्यालयबाट पनि सम्पूर्ण विद्यार्थी उतीर्ण भएका छन | जसमा छात्रा मार्य राईले 73प्रतिसतअंक लएर स्कूल टप्पर बन्न पुगेकी छिन |मार्य राईले इतिहासमा 83अंक,अंग्रेजीमा 80अंक,भौतिक बिज्ञानमा 80अंक, नेपालीमा 76अंक अनि जीवबिज्ञानमा 75अंकप्राप्त गरेका छन | यस्तैगरि अगमसिह गिरी बिद्यालयबाट यस पल्ट माध्यमिकमा 24जना छात्र छात्राले परीक्षा दिएका थिए भने उनीहरु 24जना नै उतीर्ण भएर स्कूलका नाम रोशन गरेका छन भने गत बर्ष पनि यस बिद्यालयबाट सय प्रतिसत बिध्यार्थी उतीर्ण भएको जानकारी बिध्यालयका प्राचार्य रुपाश बम्जनले दिएका छन | यस्तैगरि ज्ञानपीठ उच्चतर माध्यमिक बिद्यालयबाट 33परीक्षार्थीहरु मध्ये 31जना उतीर्ण भएका छन भने लाब्दा एम.एस.के.बाट 13 परीक्षार्थी मध्ये 11जना उतीर्ण भएका छन | यसरी गुड स्टार्ट एकादमीबाट 38 जना माध्यमिक परीक्षार्थीहरु मध्ये 34जना उतीर्ण भए भने कस्तुरी एम.एस.के.बाट 20जना परीक्षार्थी मध्ये 13 जना उतीर्ण भएका छन |

सोमबार माध्यमिक परीक्षाको परीक्षाफल प्रकाशित भएको छ भने यस बर्षको माध्यमिक परीक्षामा मङपुबाट 206 जना छात्र छात्राले परीक्षा दिएका थिए भने यसपल्ट 191 जना अर्थात 91प्रतिसत छात्र छात्रा उतीर्ण भएका छन |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.