मङपु११मई(केशर मोक्तान): स्थानीय
बिरामीहरु मङपु देखि बाहिर
गएर एक्सरे गर्न पर्थ्यो
भने अब मङपुमा नै एक्सरे मेसिन
उपलब्ध गरिएको छ |(Now X-Ray Machine in Mungpoo) आज स्थानीय
सभासद रतन थापाको बाहुलीबाट
हर्बल क्लिनिकमा सुदीप
एक्सरे मेसिनको उद्घाटन गरियो | मोर्चा
मङपु जोन सभापति प्रदीप छेत्रीको
अध्यक्षतामा सम्पन्न भएको
उक्त कार्यक्रममा सम्बोधन
गर्दे जी.टी.ए. बन विभागको कार्यकारिणी
सभासद रतन थापाले आज सरकारले
गर्न नसेको काम हर्बल क्लीनिकका
मालिक पक्ष सुदीप तामांग एवं
परिवारले गरेर समाजलाई ठुलो
सेवा पुराएको बताउदै हाम्रो
मान्छेले कम्ती मुल्यमा उक्त
मेसिनमा एक्सरे गर्न सक्ने
बताए | यसरी हर्बल क्लीनिकलाई
कुनै प्रकारको सहयोग चाहेमा
आफूले पूर्णरुपले सहयोग गर्ने
सभासदले बताए | दिपेन योन्जनले
संचालन गरेको कार्यक्रममा
मोर्चा मङपु जोन सभापति प्रदीप
छेत्रीले पनि सम्बोधन गरे भने
कार्यक्रममा मोर्चा मङपु जोन
सभापति रतन लामा पनि उपस्थित थिए | स्मरण रहोस हर्बल क्लीनिकका
मालिक स्व: एच.के.तामांग(डा.२२)ले
मङपुमा १९८६ साल देखि जङी बुट्टीद्वरा
बैध तरिकाले हातखुट्टा भाचिएको
मानिसको उपचार गर्दे आइरहेका
थिए भने उनको मृत्यु पछि उनको
श्रीमती ललिता तामांगले उक्त
कार्यलाई सम्हाल्दै आइरहेका
छन | यसरी उनको छोरा सुदीप तामांगले
पनि माता र पिताको कार्यलाई
सम्हाल्दै हालमा बैध तरिकाले
हातखुट्टा भाचिएको मानिसको
उपचार गरिरहेका छन | सुदीप तामांगले
कोलकोताबाट एक्सरेको तालिम
पूर्ण गरि हालमा आफ्नै घरमा
अर्थात हर्बल क्लीनिकमा एक्सरे
मेसिन बसाली एक्सरे गर्ने कार्य
शुरु गरेका छन | बी.पी.एल. कार्ड
लिएर एक्सरे गर्न आउने बिरामीहरुलाई
एक्सरे गर्दा केही छुट दिने
कुरो पनि सुदीप तामांगले पत्रकारहरुलाई
बताए | पहिले मङपुका बिरामीहरु
एक्सरे गर्न दार्जीलिंग,कालेबुङ
अनि सिलगुडी जान पर्थियो भने
अब मङपु हर्बल क्लीनिकमा
एक्सरे गर्न सक्नेछन |
बिरामीहरुले अब मंग्पू मै एक्स-रे गर्न सक्ने
11Jun2013
Post a Comment