सिटोंङमा घटेको घटना माथि मोर्चा मङपु जोन द्वारा घोर भर्त्सना

Morcha TMC Clash in Sitong
मङपु:२०जून(केशर मोक्तान)
आज स्थानीय  रोइ बंग्लोमा गोजामुमो लाब्दा शाखाको आयोजनमा शाखा सभापति कमल थापाको अध्यक्षतामा मोर्चाको एक आकस्मिक सभा सम्पन्न भयो | सभालाई सम्बोधन गर्दे मोर्चा मङपु जोन सभापति प्रदीप छेत्रीले सिटोंङमा घटेको घटना माथि घोर भत्सर्ना जनाउदै केवल गोजामुमोलाई बदनाम गराउनको लागि मात्र यस प्रकारको षडयन्त्र भईरहेको आरोप लगाए | यसरी गोजमुमो मङपु जोन सचिव रतन लामाले पनि हिज मंगलबार सिटोंङ शेल्पू गुम्बा गाउँमा जुन घटना घट्यो यसको जिम्मेवारी तृणमूल कांग्रेसलाई जानेछ भन्दै खरसाङ महकुमा समितिमा लाब्दा-मङपु अनि लाटपन्चर-सिटोंङ समष्टि मात्र बलियो समष्टि रहेकोले यस समष्टिलाई दुर्बल पारेर तृणमूल कांग्रेस महकुमा समिति गठन गर्ने उदेश्य रहेको कारण नै उक्त घटना हुन पुगेको बताए | हाम्रा दुई समष्टिमा धेरै राम्रा र इमान्दारी सभासद रहेको हुनाले सभासदहरुलाई बदनाम गर्ने षडयन्त्र मात्र तृणमूल कांग्रेसले गरेको आरोप सचिव लामाले लगाए | हिज मात्र मङपुमा पनि आई.डी.बी.पी. अनि पुलिसहरु ओहोर दोहोर गर्न   थालिएको छ र ती सबै तृणमूल सरकारको मान्छेहरु हुन भनी लामाले आरोप लगाए | अर्कोतिर छिमेकी समष्टि सिटोंङमा घटेको घटनाप्रति दार्जीलिंग तराई द्वार्स प्लान्टेसन लेबर यूनियन सिन्कोना जोन केन्द्र समिति सचिव गगन राईले पनि घोर प्रतिबद जनाउदै मोर्चालाई बदनाम गराउने तृणमूल कांग्रेसलाई षडयन्त्र मात्र रहेको आरोप लगाए | युनियन सचिव राईले बंगाल सरकारले प्रशासनको आडमा हामीलाई दबाउन खोजिरहेको बताउदै यसरी मोर्चालाई दबाउन नसकिने उनले बताए | वर्तमान दार्जीलिंग राजनीतिमा तृणमूल कांग्रेसले जुन संगठन बिस्तार गर्ने कार्य गरिरहेको छ त्यो सब बंगाल प्रसाशनको आडमा संगठन गठन गरिरहेको बताउदै एक दिन त्यो पनि धरातल बिनाको बन्न सक्छ भनी जनाए | सचिव राईले हिज सिटोंङको घटनाप्रति राजेन मुखिया अनि बिन्नी शर्माले पत्र पत्रिका मार्फत मोर्चा माथि आरोप लगाउदै जुन प्रतिक्रिया व्यक्त गरेका छ त्यो निराधार रहेको बताउदै उक्त प्रतिक्रिया माथि पनि घोर प्रतिबाद जनाएको छ | सभामा गोजमुमो लाब्दा शाखा सचिव डीजेन्द्र राई,आदर्श ग्राम ७४ धुरा प्रशाखा सचिव मुनाल घिसिंग,युवा मोर्चा लाब्दा साखा सचिव सन्दीप घिसिंग,कर्मचारी संगठन साखा सभापति बी.बी.मोहोरा,यूनियन शाखा सचिव सुरेन राई लगायत पार्टी प्रतिनिधि निशेष मुखिया,दिपेन योन्जन अनि सुरेन पाख्रीन आदिले  पनि सभालाई सम्बोधन गरे |

आज स्थानीय रोइ बंग्लोमा गोजामुमो लाब्दा शाखाको आयोजनमा शाखा सभापति कमल थापाको अध्यक्षतामा मोर्चाको एक आकस्मिक सभा सम्पन्न भयो

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.