अब घरको अवस्था हेरेर सिन्कोना बगानमा बदली काम दिने

Cinchona leaf
मङपु२जुन(केशर मोक्तान): सिन्कोना बगान कर्मचारी(स्टाफ) वर्गको बदलीकाम धेरै बर्ष देखि बन्द रहि आएको थियो भने अब चाड़ै क्रमैले आवश्यकता  अनुसार बदली काम दिने सिन्कोना बगान व्यस्थापनले चाजो मिलाई रहेको जानकारी सिन्कोना बगानका एक अधिकारीले दिएका छन | बदलीकाम दिदा अघि पछि हेरेर होइन तर जसको घरमा कसैको पनि काम छैन अनि जसलाई आर्थिक विपन्नता छ त्यस्ता परिवारलाई नै प्रमुखता दिएर पहिले बदलीकाम दिने थाहा लागेको छ | यदि अवकासप्राप्त सिन्कोनाबगान कर्मचारीवर्गले सिन्कोनाको जमीन कसैलाई पनि  बिक्री घरेको खण्डमा बगान व्यवस्थापनले थाहा पाए त्यस्ता परिवार सद्स्यवार्गलाई पनि  बदली काम नदिने भएको छ | सिन्कोनको जमीनलाई पुन: उद्धार  गर्न  नै यस प्रकारको कदम चाल्न बाध्य भएको बगान अधिकारीले बताएका छन | बगानको श्रमिकहरु देखि अन्य  जसले अबैध रुपमा सिन्कोना जमीन कब्जा  गरेको छ त्यस व्यक्तिलाई कानुनी तौरमा  कार्वाही गरिने भएको छ | अर्कोतिर सिन्कोना बगान भित्रका बस्तीहरु जस्तै पेरुक बस्ती,रिबोंग बस्ती,भजने(स्कूल डाड़ा) बस्तीका बासिन्दाहरुमा पूर्णरुपले जमीनको सरकारी पर्जापट्टा नभएको कारण उनीहरुले हाल सम्म सरकारबाट कुनै प्रकारको अनुदान प्राप्त गर्न सकेको छैन भने हालैमा यस बिषयमा सिन्कोना बगान निर्देशक डा.जी.सी.सुब्बाले दिल्लीमा पुगी कृषिविभाग भारतसरकारका अधिकारीहरु सित बैठक गरि यस विषयमा वार्तालाप गरि फर्किएको जानकारी बगान निर्देशकले दिएका छन | यसरी सरकार पक्षबाट यसबस्ती क्षेत्रका कृषक दाजुभाईहरूको सकारात्मक प्रतिउतर पाएको कारण बगान निर्देशकले यस बिषयमा चाड़ै नै जी.टी.ए.अधिकारी अनि राज्य सरकारको अधिकारीहरुसित बैठक गरि उक्त  बिषयमा छलफल गर्ने बताए | यदि यस बस्तीका बासिन्दाहरुले जमीनको पर्जापट्टा पाएमा उनीहरुले सरकारी ऋण अनि सरकारी अनुदान पनि प्राप्त गर्न सक्ने भएकोले यस क्षेत्रको कृषकहरुले सजिलै सित स साना उध्योग चलाएर स्वानिर्भर बन्न सकिने निर्देशकले बताए |

सिन्कोना बगान कर्मचारी(स्टाफ) वर्गको बदलीकाम धेरै बर्ष देखि बन्द रहि आएको थियो भने अब चाड़ै क्रमैले आवश्यकता अनुसार बदली काम दिने

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.