Subash Ghising birthday celebration in Kalijhora

 Subash Ghising birthday celebration in Kalijhora
आज स्थानीय कालीझोड़ा देबी मन्दिर परिसरमा गोरामुमो कालीझोड़ा भिलेज कमिटिले गोरामुमो अध्यक्ष सुबास घिसिंङको ७८वा जन्म जयन्ती पालन गरे | पार्टी कार्यकर्ताहरुले गोरामुमो अध्यक्ष सुबास घिसिङको दीर्घायुको
Subash Ghising birthday celebration in Kalijhora
कामना राख्दै मन्दिर परिसरमा पूजा अर्चना गरि जन्म जयन्ती पालन गरिएको जानकारी भिलेज कमिटि सचिव रन्जीत सुन्दासले जानकारी दिएका छन | सचिव सुन्दासले पत्रकारहरुलाई सम्बोधन गर्दे जी.टी.ए. बिकाश होइन, विनाश हो भन्दै गोर्खा जातिको बिकाश सुबास घिसिङको नेतृत्वमा छैटौं अनुसुचिले मात्र हुने दाबी गरे | आज भारतीय सेनामा भर्ना हुदा जी.टी.ए.ले दिएको प्रमाण पत्र नचलेको कारण गोर्खा युवाहरुको भविश्य असुरक्षित रहेको सचिवले आरोप लगाए | उनले राज्यका मुख्यमन्त्री ममता ब्यनार्जीले  हाम्रो भूभागमा आएर शिलान्यास मात्र गरेको र काम भने केही पनि नभएको आरोप लगाए | उनले कालीझोड़ामा जी.टी.ए. फन्डले केहि पनि बिकाश नगरेको दाबी गर्दे   गोर्खाको भावनासित उठाएको आन्दोलन मोर्चा नेताहरुको निम्ति मात्र  फाइदा भएको आरोप लगाए | कालीझोड़ा भिलेज कमिटि चीफ मिलन तामाङले चाड़ै नै पथ सभा गर्ने बताउदै यस गाउँमा १०५ घर मध्ये ७५ प्रतिसत गोरामुमोमा सामेल भएको दाबी गरे  |यसरी आज गोरामुमोका कार्यकर्ताहरुले कालीझोड़ा परिसर अनि पार्टी कार्यकर्ताहरूको घर अनि दोकानमा पार्टीको झण्डा लगाएको पनि देखियो | आजको कार्यक्रममा गोरामुमो कालीझोड़ा भिलेज कमिटिका  प्रचारप्रसार सचिव सरमान सुन्दास,प्रमोद लामा लगायत पचास भन्दा अधिक कार्यकर्ताहरु उपस्थित रहेका थिए |

Subash Ghising birthday celebration in Kalijhora आज स्थानीय कालीझोड़ा देबी मन्दिर परिसरमा गोरामुमो कालीझोड़ा भिलेज कमिटिले गोरामुमो अध्यक्ष सुबास

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.