घर भित्र जनता कार्यक्रममा सिन्कोना बगान खुल्ला

Ghar bhitra janta in mungpoo
मङपू३अगष्ट(निस): छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा गोर्खाल्याण्ड जोइन्ट एक्टस्न कमिटीले डाकेको घर भित्र जनता कार्यक्रमा समस्त सिन्कोना बगान खुल्ला नै रह्यो | सिन्कोना बगान खुल्ला रहेता पनि लाब्दा मङपू समष्टिका सम्पूर्ण यान - वाहन, दोकानपाट, शैक्षिक संस्थान, सरकारी तथा गैरसरकारी कार्यालय ब्यांक आदि बन्द रहेको देखियो | यस क्षेत्रमा प्राय: जसो जनताले घर भित्र नै बसेर “घर भित्र जनता” कार्यक्रमलाई सहयोग पुराए | “घर भित्र जनता” कार्यक्रम अवधि यहाँ दूधको गाडी,ग्यासको गाडी,प्रेसको पत्रिका बोक्ने गाडी  सम्म चलेन | फलत: सबै सबैले यस बन्दमा पूर्णरुपले सहयोग पुराए | बन्दमा यहाँका ग्वालाहरुले दूध बिक्री गरेन् भने हकर(पत्रिका बिक्रेता)हरुले दैनिक पत्रिका सम्म बिक्री गरेनन् | यस बन्दमा मङपू सेक्टर. सी.मा अवस्थीत एन.एच.पी.सी. कार्यालय पनि बन्द रह्यो | छुट्टै राज्य प्राप्तिको आन्दोलनमा “घर भित्र जनता” कार्यक्रमलाई सहयोग पुराउने सम्पूर्ण जनतालाई गोजामुमो मङपू जोनका शीर्ष नेतृत्ववर्गले आभार व्यक्त गरेका छन | यस क्षेत्रमा शान्तिपूर्बक साथ बन्द बित्यो भने कही कतै पनि अप्रिय घटना घटेको समाचार छैन |

छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा गोर्खाल्याण्ड जोइन्ट एक्टस्न कमिटीले डाकेको घर भित्र जनता कार्यक्रमा समस्त सिन्कोना बगान खुल्ला नै रह्यो |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.