जीटीए प्रमुख पदको चयन हुन सकेन , कालेबुंगमा महा जुलुशले दियो ममतालाई जवाब

maha Julus in Kalimpong after mamata visit in the demand of gorkhaland
कालेबुङ 4 सेप्टेम्बर,बिशेष सम्वाददाता:- जीटीए प्रमुखको पदबाट बिमल गुरुङले राजिनामा दिएपछि रिक्त रहेको यो पदमा आज नयाँ प्रमुखको बहाली हुन सकेन। निकै दिनदेखि अचल रहेको जीटीएलाई सञ्चालनमा ल्याउन राज्य सरकारको निर्देशानुसार आज नयाँ प्रमुखको चयनको निम्ति जीटीए सभाको बैठक डाकिएको थियो। तर अधिकांश निर्वाचित सभासदहरूको अनुपस्थितिको कारण यो बैठक सम्पन्न हुन सकेन। 45 जना निर्वाचित सभासदहरू रहेको जीटीएसभा सञ्चालन गर्न चाहिने एक तिहाइ सदस्यहरूको उपस्थितिको कोरम नपुगेपछि बैठक रद्द गर्नु परेको थियो। दार्जीलिङको भानुभवनमा डाकिएको जीटीए सभाको बैठकमा यसका अध्यक्ष प्रदीप प्रधान, उपाध्यक्ष लोपसाङ लामा, जीटीए मुख्यसचिव आरडी मिणालगायत मोर्चाबाट सभासदहरू पीटी ओला अनि तिलकचन्द्र रोका सहभागी थिए। बैठकमा मोर्चाका निर्वाचित सभासदहरू उपस्थित हुन नसकेको कारण दर्शाउँदै जीटीएसभाका अध्यक्ष प्रदीप प्रधानलाई सभासद पीटी ओलाले एउटा अर्जी पनि चढाए। तिनले चढाएको अर्जीमा अहिले अधिकांश सभासदहरू जेल हिरासतमा रहेको अनि उनीहरूमध्ये एकलाई नयाँ कार्यपालको रुपमा चयन गर्नु पर्ने भएकोले आजको सभामा रहल सभासदहरूलेसमेत उपस्थिति नदिएको स्पष्टिकरण दिएका छन। जेलहिरासतमा राखिएका सभासदहरूलाई रिहाइ गरिने शर्तमा मात्र जीटीएसभाको बैठकमा पूर्णरुपले निर्वाचित सभासदहरूको उपस्थिति रहने तिनको भनाइ छ। सभासदहरूले चढाएको अर्जीलाई उत्धृत गर्दै जीटीएसभाका अध्यक्ष प्रदीप प्रधानले पत्रकारहरूलाई यसै आशयको जानकारी दिएका छन। यता, जीटीएका मुख्यसचिव आरडी मिनाले पनि मोर्चा शिविरका सभासदहरूबाट पस्तावलाई राज्य सरकारकोमा प्रेषित गरिदिने बताएका छन।
 
अर्कोतिर, लेप्चाहरूले दिएको सम्मान थाप्न आएकी मुख्यमंत्री ममता व्यानर्जीले हिजो कालेबुङमा गोर्खाल्याण्ड विरुद्ध विषवमन गरेको घटनाले पहाडका आन्दोलनकारी नेतृत्व र जनता दुवैलाई उतप्त पारेको छ। ममता बेनर्जीको राज्यविरोधी बयानले राँकिएका आन्दोलनकारीहरू कालेबुङको मेनरोड र मेलाग्राउण्डमा हजारौंको संख्यामा भेला भएर आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन। लगभग पन्ध्र हजारको भेलाले मुख्यमंत्रीको बयानको विरोधमा नाराबाजी गरेर कालेबुङ शहर थर्कमान पारेका थिए। आन्दोलनकारीहरूले शहरमा विराट जुलुश निकालेर मुख्यमंत्रीको बयानप्रति आफ्नो तीव्र विरोधिता प्रकट गरेका थिए भने जुलुश मेलाग्राउण्डमा पुगेर जनसभामा परिणत भएको थियो। यो जनसमावेशलाई गोजोएक अध्यक्ष डा एनोसदास प्रधान, नारीमोर्चा नेत्री बन्दना योञ्जन, विद्यार्थी नेता दीप थापा, जेएसटीओ अध्यक्ष बिजय प्रधानलगायतका वक्ताहरूले सम्बोधन गरेका थिए। उता दार्जीलिङमा पनि युवा मोर्चा कार्यकर्ताहरूले आफ्नै शरीरमा प्रहार गरी सरकारविरुद्ध प्रदर्शन गरेका छन। युवा मोर्चा कार्यकर्ताहरूले पेटीले आफ्नै शरिरमा हिर्काउँदै कागझोडादेखि शुरु गरेको सरकारविरोधी प्रदर्शन बजार पुगेपछि समाप्त भएको थियो।

जीटीए प्रमुखको पदबाट बिमल गुरुङले राजिनामा दिएपछि रिक्त रहेको यो पदमा आज नयाँ प्रमुखको बहाली हुन सकेन।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.