प्रेसको स्वतन्त्रतामा कसैले पनि दखल नदिएको राम्रो - साहित्यकार मोहन ठकुरी

restriction in himalayadrapan durung gorkhaland agitation
मङपू४जुलाई(केशर मोक्तान): दुई दिनको  ‘घर भित्र जनता” कार्यक्रमको कारण कुनै पनि समाचार पत्रिका यहाँ नआएपछि आज बिहान सात बजे नै नेपाली दैनिक समाचार पत्रिका हिमालय दर्पणको मङपुमा आइपुग्न साथ पाठकहरुले हात हातमा  हिमालय दर्पण पाएर खुशी प्रकट गर्दै समाचारको तल तल मेटाए | साहित्यकारहरुको उर्बर भूमि मानिने अनि शिक्षाविदहरु बस्ने ठाउँ मङपुको जनताले नेपाली दैनिक पत्र पत्रिकालाई सधै झैँ माया गरिरहेको छन | हिमालय दर्पण नेपाली दैनिक पद्ने बानी बसेको कारण  एवं यस नेपाली दैनिक पद्ने नशा भएकोले एक दिन पत्रिका नआउदा दिन काट्न नै गह्रो भएको जस्तो महसुस लाग्छ भनि स्थानीय पाठकहरु बताउछन | दर्पण पद्ने पाठकवर्गले पत्रिका ब्यापारी(हकर)हरुलाई नियमित रुपमा हिमालय दर्पण मङपुमा ल्याइदिने  अपील पनि गरेका छन | बर्तमान समाचार पत्रहरुमा लगाइने प्रतिबन्ध कै सन्दर्भमा भारतीय नेपाली साहित्य अकादमी पुरुस्कार प्राप्त मङपुका साहित्यकार मोहन ठकुरीले प्रेसको स्वतन्त्रतामा कसैले पनि  दखल नदिएको राम्रो अनि प्रेस जहिले पनि स्वतन्त्र हुनु पर्छ भनि जनाए |

दुई दिनको ‘घर भित्र जनता” कार्यक्रमको कारण कुनै पनि समाचार पत्रिका यहाँ नआएपछि आज बिहान सात बजे नै नेपाली दैनिक समाचार पत्रिका हिमालय दर्पणको मङपुमा आइपुग्न

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.