दल अदल बदलको चल खेलले जनता नेता अनि राजनैतिक खेमामा अन्योलता

darjeeling janata
मड़प्,चन्दन खवास:  पहाडको राजनीतिमा  यु टृनॅ को राजनीति पछि  फेरी आम जनता दल अदल बदल  तर्फ व्यस्त देखिन थालेको छ | नेता अनि पार्टीको यु टृनॅ को अध्याय समाप्त पछि नयाँ अध्याय लेख्ने जमर्को जनता आफैले गरे पछि बर्तमान पहाडको  राजनीतिमा नया समीकरण आउन सक्ने अनुमान पहाडको राजनैतिक खेमाले लगाउन सुरु गरेको छ| आन्दोलनले एक मुष्ठ बनाएको आम जनतालाई जी.टी.ए मा बस्न पर्ने बधय्ता के थियो अनि किन जी.टी.ए मा नै फर्की आउन पर्यो ? - को कारणहरु खुलस्त नगरि पार्टीले आफ्नो  खुशीमा नै जी.टी.ए चीफको चयनले आन्दोलन प्रेमी जनतामा दुबिधा ल्यायो भने यसको सोझो फाइदा राज्यलाई हुन् पुग्यो | जी.टी.ए असफल भयो भनी घोषणा गर्ने गो.ज.मु.मो.ले फेरि जी.टी.ए मा नै  कता –कता सन्तोक गर्न खोजेको थियो राज्यको अघि तर यस पल्ट भने जनता स्वयले बिकाश गर्नु हो भने राज्य सरकार कै सार लाग्न असल ठान्यो | गोर्खालैंड जी.टी.ए अनि आन्दोलनको भुवरी भित्रको अन्योलता बीच यसरी  आम जनता अहिले घरी  फेरी दल अदल बदलको राजनीतिमा आइपुगेको छ | यसपल्टको आन्दोलनमा नेताको भन्दा ज्यादा योगदान जनताको थियो जसलाई जी.टी.एको कुनै सरोकार थिएन | नेता अनि पार्टीले असफल जी.टी.ए सित फेरी सरोकार राख्ने इच्छा जाहेर गरे पछि आम जनताको पार्टी अनि नेताहरु सित दुरत्वनै बढ़दै गयो जसको परिणाम राज्य आफ्नो  नीतिमा सफल बनी राजनैतिक फाइदामा अघि रह्यो भने पहाडले राजनैतिक  नोक्सान सितै अब गोर्खाल्याण्डको आन्दोलन संग –संगै पार्टीको लोकप्रियतालाई पनि बचाई राख्न पर्ने थप राजनैतिक अनि कुटनैतिक दबाउको समुख पार्टी पुगेको छ | दल अदल –बदलको राजनैतिक खेलमा राज्यले सक्दो फाइदा उठाउन सक्ने अनुमान पहाडको राजनैतिक खेमाले लगाउन थालेको छ | यस्तै प्रकारले राज्य सरकारको पहाडमा पार्टी विस्तार नीतिमा आएको तिब्रताले मोर्चालाई अझै सकसमा परेको छ | राज्य सरकारले पार्टी बिस्तारमा गो.ज.मु.मो को रुष्ठ खेमालाई आफ्नो पक्षमा तान्नु पहिलो सफलता हात पारे पछि अहिले घरि गो.ज.मु.मो जी.टी.ए मा नै  बस्ने निर्णयले राज्यलाई थप उर्जा प्राप्त गर्यो जसको प्रतिफल पहाडमा दल अदल बदल को क्रम जारी नै रहेको छ| रुष्ठ खेमाबाट  सुरु भएको दल अदल बदलले तेस्रो चरणको आन्दोलन सम्म आइपुग्दा यति ठुलो रुप लियो जसको अनुमान कसैले लगाएको थिएन | पार्टीका रुष्ठ नेताहरु तृणमूलमा जादा कुनै  प्रकारको खतरा पार्टीलाई थिएन कारण नेता बनाउने नै जनता हो जो गो.ज.मु.मो को साथ थियो तर आज आएर जनता नै दल अदल बदल मा लागे पछि गो.ज.मु.मो लाई सोच्न बाध्य बनाएको छ| तेस्रो चरणको आन्दोलनमा जनताले जुन साथ गो.ज.मु.मो पार्टीलाई दिएको थियो यसको फाइदा पार्टीले उठाउन सकेन अनि पार्टीले पाएको जन समर्थनलाई सही रुपमा प्रयोगमा ल्याउन पार्टी असमर्थ  रहयो भन्ने भनाई पनि एक पक्षको रहेको छ |तेस्रो चरणको आन्दोलनले गोर्खाहरूमा छुटै राज्य गोर्खालैंड बारे रहेको मत बिभाजनमा रहेको अनेकतालाई एक गरी एकै मन्च ल्याउन सफल बनेको थियो | यस पल्टको एकताले केही राम्रो  परिणाम ल्याउछ भन्ने जन धारणा रहेको थियो तर राज्य सरकारको अघि जी.टी.ए सभाले आत्मा समर्पण गरे पछि यो एकता पनि धेर दिन दिगो रहन सकेन | समस्त  पहाड जनता नै गोर्खालैंडको  निम्ति सडकमा आउदा पनि जी.टी.ए सन्चालनतर्फ नै पार्टीले ध्यान केन्द्रित गरे पछि पहाडमा नयाँ राजनैतिक समीकरण हुने तय थियो | जनता दल अदल बदल तर्फ केन्द्रित हुन् पुग्यो र  गो.ज.मु.मो पार्टी जी.टी.ए सन्चालनतर्फ, अब आन्दोलन कसले गर्ने सडकको जनता दल अदल बदलमा ब्यस्त त् आन्दोलनको नेतृत्व गर्ने नेताहरु अझैसम्म धर- प्रक्ररको डरले सडकमा आउन सकेको छैन | यस्तोमा तेस्रो चरणको अन्तिम लड़ाई भनी घोषणा गरेको गोर्खालैंडको आन्दोलन हाल स्तगित रहेको छ तब के स्तगित आन्दोलनको  फेरी शंखघोष हुन्छ होला र ? राज्य सरकार जसरी हुन्छ गो.ज.मु.मो पार्टीलाई कमजोर पार्ने पक्षमा छ |अचानक दल अदल बदलले नाटकीयरुपमा ठुलो रुप धारण गरे पछि राज्य सरकार यही दल अदल बदल को नीतिलाई हतियारको रुपमा प्रयोग गरि पहाडमा आफ्नु बसर्च्व कायम राख्न चाहन्छ |  हिजको आन्दोलनमा निर्णायक पक्ष आम जनता थियो भने स्तगित आन्दोलनको निर्णायक पक्ष पनि आम जनता नै  हो यस्तोमा राज्य सरकारको बिभाजन अनि शासन को कुटनैतिक चालले गो.ज.मु.मो लाई राज्य सरकार अघि  बार्गेनिङ गर्ने ठाउँ हुने छैन | पहाडमा नाटकियरुपमा दल अदल बदलको क्रम जारी रहे फेरी एक पल्ट गोर्खालैंडको माग अधुरो रहने छ | आम जनता को दल अदल बदल को चाल खेलले जनता .नेता अनि राजनैतिक खेमामा पनि अन्योलता छाएको छ |

पहाडको राजनीतिमा यु टृनॅ को राजनीति पछि फेरी आम जनता दल अदल बदल तर्फ व्यस्त देखिन थालेको छ |

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.