मङपुमा दुई दिवशीय दिपावली बार्षिक खेलकुद सम्पन्न

Mungpoo Annual dewali sports meet 2013
मङपु७नोभेम्बर(केशर मोक्तान): मङपु खेलकुद संगको आयोजनमा  प्रत्येक बर्ष झैँ यस बर्ष पनि दुई दिने बार्षिक  दिपावली खेलकुद सिन्कोना बगान व्यवस्थापक बिदुर कार्कीको अध्यक्षतामा भब्यताको साथ सम्पन्न भयो | खेलको शुरुमा धाविका काजल प्रधानले मशाल लिएर जनमैदान परिक्रम गरे पछि खेल आरम्भ गरियो | हिज मङपु जनमैदानमा सम्पन्न भएको अन्तर बिभागीय खेलकुदमा ४२ अंकप्राप्त गरि रेसेप विभागले पहिलो स्थान ओगट्न सफल रह्यो | खेलकूद समारोहका सचिव किरण पाख्रिनले स्वागत सम्भाष्ण राखेको उक्त समारोहलाई रोचक बनाउन मङपु कस्तूरी एमएसके.,सेन्ट मंगल एकादमी,अनि डा.अम्बेदकर इन्स्टिच्युटका बिधार्थीहरुले परेड खेले भने परेडको सलामी ग्रहण समारोहका प्रमुख अतिथि डा.जी.सी.सुब्बाले लिए | यसरी केटाहरु माझ सम्पन्न भएको खुल्ला म्याराथन दौड प्रतियोगितामामा दिवश छेत्री प्रथम,बिनोद तामांङ दोश्रो,अनि सुबर्ण सुब्बाले तेस्रो स्थान ओगट्न सफल रहे | आज सम्पन्न भएको दोश्रो दिनको अन्तर बिधालयको खेलको जुनियर डिभिजन लाब्दा खास प्राथमिक पाठशाला पहिलो स्थान ओग्टन सफल रहे भने सिनियर डिभिजनमा सरस्वती उच्चतर माध्यमिक बिध्यालयले प्रथम स्थान ओगटी च्याम्पियन ट्रफी हत्याउन सक्षम बने | अर्कोतिर  केटीहरु माझ सम्पन्न भएको खुल्ला म्याराथन दौड प्रतियोगितामा मेनुका राई पहिलो,त्रिशिला थापा दोश्रो अनि रेनुका राईले तेस्रो स्थान ओगट्न सफल बने भने आज सम्पन्न भएको एक हजार मिटर खुल्ला दौडमा सोनिया राई प्रथम,मुस्कान थापा दोश्रो,अनि रुथ डुक्पा तेस्रो स्थान प्राप्त गर्न सफल रहे भने ती विजय प्रतियोगी खेलाडीहरुलाई समारोहका विशिष्ट अतिथि सीआरपी डीएसपी एड्वार्ट सोङतेको बाहुलीबाट पुरुष्कर हस्तान्तरण गरियो | आजको खेलमा सर्वाधिक अंक प्राप्त गर्ने उत्कृष्ट खेलाडीको रुपमा चयन बनेका सुदन राई,अनवेष थापा अनि रबिन गुरुङलाई समारोहका सभापति एवं बगान व्यवस्थापक बिदुर कार्कीको बाहुलीबाट पारितोषिक  हस्तान्तरण गरियो | खेलकुद समारोहको संचालन बिशोर कार्की,सुरेन्द्र थिङ,अर्पणा वाइबा,अनित खाती,दीप थापा,किरण पाख्रीन अनि सुजीत थापाले गरेका थिए |

मङपु खेलकुद संगको आयोजनमा प्रत्येक बर्ष झैँ यस बर्ष पनि दुई दिने बार्षिक दिपावली खेलकुद सिन्कोना बगान व्यवस्थापक बिदुर कार्कीको अध्यक्षतामा भब्यताको साथ

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.