मङपूमा आइताबारे हार्ट शुरु

Sunday Haat Bazar in Mungpoo Bus Stand
मङपू१२जनवरी(केशर मोक्तान) आज देखि स्थानीय मङपू नालीडाड़ा बस स्ट्यान्डमा आइताबारे हार्ट (Sunday Haat Bazar in Mungpoo Bus Stand) शुरु भएको छ | स्थानीय  सिन्कोना बगान व्यवस्थापक बिदुर कार्कीको बाहुलीबाट  नरिवल फुटाएर उक्त  हाटको  उद्घाटन गरियो | सौगात हाट संचालन समितिको पक्षमा गगन राईले मङपूको आम जनताको चासोलाई ध्यानमा राख्दै आज देखि यस हाट मङपूमा शुरु गरिएको जनाए | अब देखि प्रत्येक आइतबार मङपू बस स्ट्यान्डमा यस हाट बजार लाग्ने जानकारी गगन राईले दिएका छन | यसरी आजको उद्घाटन समारोहलाई सम्बोधन गर्दै समारोहका सभापति बिदुर कार्कीले स्थानीय मानिहरुले सुपत मुल्यमा यस हाटमा सरसमान पाउन सक्ने बताए | आज हाटबजारको पहिलो दिन भएकोले स्थानीय जनसाधारण मानिसहरुले भीडको साथमा सौदापात गरिएको देखियो | स्मरण रहोस यस भन्दा अघि मङपूमा ८०को दशकमा मात्र हाट लाग्थ्यो भने आज धेरै समयको अन्तरालमा मङपूमा फेरी आइतबारे हाट शुरु भएको छ | उक्त हाट संचालन समितिले  सम्पूर्ण मङपूबासीलाई हार्दिक स्वागत जनाएको छ | हाटमा सालुगडा,ओद्लाबारी अनि मङपूका ब्यापारीहरुले दोकान लगाएको थिए | आजको हाट उद्घाटन समरोहमा सिन्कोना बगान सहव्यवस्थापक जे.सादा,विभागीय ग्यांगम्यानवर्ग अनि शारदा उच्च बिध्यालयका प्रकाश चन्द्र राई उपस्थित थिए |

आज देखि स्थानीय मङपू नालीडाड़ा बसस्ट्यान्डमा आइताबारे हार्ट (Sunday Haat Bazar in Mungpoo Bus Stand) शुरु भएको छ

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.