जोगीघाट कृषि मेलामा बिमल गुरुङ उपस्थित रहने

Jogighat Krishi Mela 2014मङपू१२जनवरी(केशर मोक्तान): खरसाङ महकुमा स्तरीय जोगीघाटमा सम्पन्न हुने चार  दिने कृषि मेलामा क्षेत्रीय  सभासद रतन थापाले सबै  सबैलाई हार्दिक स्वागत गरेका  छन | जीटीएको तत्वाधानमा सम्पन्न  भएको उक्त मेलाको उद्घाटन  समारोहका प्रमुख अतिथि जीटीए डेपुटी चिफ कर्णेल रमेश आलेले गर्ने छन भने विशिष्ट अतिथिको रुपमा प्रिन्सिपल सेक्रेटरी आर.डी.मिना उपस्थित रहने जानकारी क्षेत्रीय सभासदले दिएका छन | यस्तै गरि १५ जनवरीको दिन जीटीए प्रमुख बिमल गुरुङ पनि जोगीघाट कृषि मेलामा उपस्थित रहने थाहा लागेको छ | उक्त बागवानी कृषि मेलामा १४जनवरी देखि १७ जनवरी सम्म सम्पन्न  हुनेछ भने प्रत्येक साझ स्थानीय कलाकार अनि अतिथि कलाकारले सांगीतिक साझ प्रस्तुत गर्ने भएको छ | यसैगरि दार्जीलिंङका ख्यातीप्राप्त ब्याण्ड कार्निभलले पनि एक साझ सांगीतिक कार्यक्रम गर्ने भएको छ | चार दिने मेलामा कृषक दाजुभाईहरुले आफ्नो खेतीबारीमा फलेको सागसब्जी,धान,मकै,अदुवा,कोदो,सुन्तला इत्यादि फलफुल प्रदर्शनी राख्न सक्नेछन भने उक्त फलफुल प्रदर्शनी राख्नेहरु माझ प्रतियोगिता पनि हुने भएको छ जसमा असल जातका खेतिपाती अनि फलफुल प्रदर्शनीमा राख्ने विजय प्रतियोगीवर्गलाई आयोजक समितिको पक्षबाट पारितोषिक पनि दिने जानकारी सभासद थापाले दिएका छन | चारदिने मेलामा स्थानीय कृषक दाजुभाईलाई जीटीएको पक्षबाट उन्नतजातको गाईको बाछो,सुँगुरको भुनी,बाख्राको पाठो आदि पनि वितरण गर्ने व्यवस्था गरिएको छ | जीटीए बन बिभागको पक्षबाट बिभिन्न प्रजातिका रुखपातका बिरुवाहरु पनि कृषकहरुलाई मेलामा वितरण गर्ने जानकारी सभासदले दिएका छन | मेलामा बिभिन्न सांस्कृतिक झाकीहरुको प्रदर्शनी पनि राखिएको छ | उक्त चार दिने  कृषि एवं बागवानी मेलामा लाब्दा मङपू समष्टि सयोजक रतन थापाले आयोजक समितिको पक्षमा सबै सबैलाई हार्दिक स्वागत जनाएको छ |

खरसाङ महकुमा स्तरीय जोगीघाटमा सम्पन्न हुने चार दिने कृषि मेलामा क्षेत्रीय सभासद रतन थापाले सबै सबैलाई हार्दिक स्वागत गरेका छन |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.