जोगिघाट फलामे पुल जोड्ने कार्य शुरु

Jogighat Steel bridge construction
सिटोङ, 6 फरवरी :निर्माण कार्यको निम्ति शिलान्यास भएको तीन बर्ष बिती सक्दा बल्ल बल्ल जोगिघाट स्टील ब्रीज(Jogighat Steel Bridge)लाई जोड जाड परिने कार्य थालियो | सिटोङलाई मंग्पू अनि अन्य ठाउँ , शहर -बजारहरुसंग जोड्ने जोगिघाटको झोलुङ्गे पुल पुरानो भएको कारण सिटोङ एक, दुइ अनि संलग्न क्षेत्रका मानिसहरुले यातायातको चरम असुविधा भोगिरहेका थिए भने उक्त स्थानमा दीर्घ दिनदेखि प्रतिक्षित स्टील ब्रीज  निर्माणाधीन अवस्थामा रहेको थियो | उक्त निर्माणाधीन पुलका दुइतिर जग बसाइने कार्य समाप्त भइसकेको छ भने माझको फलामको भरयाङ जोड्नु बाँकी रहेको थियो | निर्माण कम्पनीले उक्त कार्य पनि शुरु गरिसकेको छ | उक्त निर्माण कार्य आउँदो बर्खा मौसम नलाग्दै दुइ महिनाभित्र सिध्याउने निर्माण कम्पनीले लक्ष्य लिएको बताइएको छ | उक्त स्थलमा भएको झोलुङ्गे पुल हाल जीर्ण अवस्थामा पुगिसकेकाले पुलमाथिबाट गाडीहरु आवतजावत गर्न सम्भव छैन | त्यसैले हिउँदका दिनमा खोलाको बाटो भएर गाडीहरु हिड्छन भने बर्खामा यातायात ठप्प हुनजान्छ |
क्षेत्रका कृषि उत्पादनको बेचबिखन, बिद्यार्थी, एवं दैनिक ओहर दोहोर गर्ने साधारण मानिसहरुले  आजसम्म झेल्न परिरहेको समस्याबाट चाडै मुक्ति पाइने आशाले स्थानीय मानिसहरु पनि हर्षित बनिरहेका छन | क्षेत्रको आवश्यकतालाई हेर्दा उक्त पुललाई क्षेत्रको निम्ति धेरैवटा विकासका आधारहरु उक्त पुलको निर्माणसंगै तय हुने कुरामा मानिसहरु बताउछन |

निर्माण कार्यको निम्ति शिलान्यास भएको तीन बर्ष बिती सक्दा बल्ल बल्ल जोगिघाट स्टील ब्रीज(Jogighat Steel Bridge)लाई जोड जाड परिने कार्य थालियो |

Read latest post filed under regional news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.