सिटोङ, ३
अप्रिल (सञ्जीव छेत्री) : नजिकिंदै आएको लोकसभा
चुनावले तताएको राजनीतिक चहलपहलमाझ
सिटोङ-लाटपन्चर समष्टिअन्तर्गत
गोर्खा जनमुक्ति मोर्चा लाटपन्चर
खण्ड समितिको चुनावी अभियान
लगातार रुपमा चलिरहेको जान्न्मा
आएको छ | यसै क्रममा बुधबार स्थानीय
लाटपन्चर जनमैदानमा भूतपूर्व
शिक्षक रायबहादुर राईको सभापतित्वमा
गोजमुमो लाटपन्चर दुइ शाखा
समितिअन्तर्गतका रसिक टोल,
गान्धी ग्राम, धोबिधुरा, पैतालिस
धुरा, पाँच ऐकर आदि क्षेत्रका
समर्थकहरुलाई लिएर एक चुनावी
सभा सम्पन्न भएको जानकारी लाटबाट
नवीन चाम्लिङले दिएका छन |
सभालाई सम्बोधन गर्दै
मोर्चा सिटोङ-लाटपन्चर समष्टि
सभापति प्रमोद राईले अहिले
खण्डित हुँदै गइरहेको जातीय
एकतालाई गोर्खाल्याण्डले
मात्र पुनर्संगठित गर्न सक्ने
ठोकुवा गर्दै अहिलेलाई जातीय
उत्थानको निम्ति सकारात्मक
सोच राखेर जातकेन्द्रित बन्दै
गइरहेको गोर्खाहरुको मानसिकतालाई
जातिकेन्द्रित पार्नेतर्फ
ध्यान दिनुपर्ने बताएका थिए
| जात-जातमाझ देखापरेको विभाजनका
कारण पिता-पुर्खाले देखेको
सपना साकार नहुने छाँट देखापरिरहेको
हुनाले उक्त कुरा बुझेर गोर्खाहरुले
सिंगो गोर्खा जातिको उत्थानको
निम्ति एकीकृत बन्नुपर्ने
अपिल तिनले गरेका थिए | आज आएर
जात-जातको समस्या र मुद्धाको
कारण सिंगो गोर्खा जातिको मूल
मुद्धा ओझेल परिरहेको औ भोलिको
दिनमा जात-जातमाझ असहिष्णुता
बढेर गएको खण्डमा सम्पूर्ण
गोर्खा समाजलाई नै अत्यन्तै
हानि हुने बताउँदै त्यसको समाधानको
निम्ति पहिले जातको होइन तर
जातिको उत्थान हुनुपर्छ भन्ने
सोच विकसित हुन् आवश्यक रहेको
तिनले बताए |
अर्का वक्ता जे के गुरुङले
आफ्नो अनुभवको आधारमा बताएअनुसार
आफु दक्षिण भारत अनि मुम्बईतिर
जाँदा उक्त स्थानहरुमा तिनलाई
नेपाल देशको नागरिक सम्झिएको
बताए भने जातीय चिन्हारीको
समस्या प्रमुख समस्या रहेको
बताए | धन-सम्पति केहीले पनि
उक्त समस्याको समाधान गर्न
नसक्ने तिनले सभामा बताए भने
एउटै मात्र समाधान गोर्खाल्याण्ड
रहेको पनि तिनले मन्तब्य जाहेर
गरे | बङ्गाल राज्य-सरकारको
नीति गोर्खाहरुको हितमा नरहेको
उल्लेख गर्दै भोलिको दिनमा
गोर्खाहरुको उच्छेद गर्न पनि
बेर नलगाउने तिनले बताएका थिए
|
त्यसैगरी सभाका सभाध्यक्ष
राईले गोर्खा जनमुक्ति मोर्चा
दुरदर्शी पार्टी रहेको बताए
| मोर्चाले देशको राजनीतिक
स्थिति हेरेर काम गर्दैछ भन्दै
राईले केन्द्रमा सत्ता परिवर्तन
संगसंगै गोर्खाहरुको भाग्योदय
हुने दिन नजिकै आइरहेको हुनाले
सम्पूर्ण गोर्खाहरुले भाजपालाई
भोट दिनु आवश्यक रहेको बताएका
थिए | गोर्खा जनमुक्ति मोर्चा
समर्थित उम्मेदवारले जित्दा
गोर्खाहरुको आवाज बाँच्ने
बताउँदै राईले यसपल्ट भोट हाल्दा
बुद्धि पुर्याउनु पर्ने जनाएका
थिए |
शाखा सचिव एन्ड्रु सुब्बाद्वारा
संचालित सभामा मोर्चा लाटपन्चर
खण्ड समिति सभापति शेखर थापा,
खण्ड समितिका रमेश सेवा, आरएल
तामाङ, लाटपन्चर दुइ शाखा सभापति
सन्तोष तामाङ आदिले बक्तब्य
राखेका थिए भने सभामा खण्ड
समिति उप-सभापति रामलाल जिम्बा,
शाखाअन्तर्गत गाउँका मोर्चा
कार्यकर्ता, नारी मोर्चा, युवा
मोर्चा, बिभिन्न भातृ-संगठन
सदस्य-सदस्या एवं जनसाधारणको
उपस्थिति रहेको थियो भनि चाम्लिङले
जनाएका छन |
