एसएस अहलुवालियाको विजय गोर्खाल्याण्डको पक्षमा स्पष्ट जनमत : रोशन गिरी

Ahluwalia victory for gorkhaland said Roshan Giri
सिटोङ, १८ मई (सञ्जीव छेत्री) : सोह्रौं लोकसभा चुनावमा केन्द्रमा भाजपा सरकार बनिने जनादेश तय भएको अनि दार्जीलिङ लोकसभा संसदीय आसनबाट मोर्चा समर्थित भाजपा प्रार्थी एसएस अहलुवालियाको विजयले सिटोङ – लाटपन्चर क्षेत्रका मोर्चा समर्थक अनि कार्यकर्ताहरुमाझ व्यापक हर्षको लहर देखा परेको छ | अहलुवालियाको विजय अनि केन्द्रमा बहुमतको भाजपा सरकार गठन हुने प्रक्रियामाझ क्षेत्रका गोर्खाल्याण्डका पक्षधर जनतामा आशा अनि उत्साहको सञ्चार भएको बिभिन्न मानिसहरुको भनाइबाट बुझ्न सकिन्छ भने यसपल्टको अनुकुल राजनीतिक वातावरणबिच मोर्चाले गोर्खाल्याण्डको मागलाई पुरापुरी इमान्दारितापुर्वक अघि बढाउने छ भनि उनीहरुले आशा राखेका छन |
यसै क्रममा गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समिति महासचिव अनि सिटोङ-लाटपन्चर समष्टि सभासद रोशन गिरीले यो विजय गोर्खाल्यान्डको विजय हो भनि बताएका छन | गोर्खाल्याण्डकै निम्ति पहाडका जनताले मोर्चा समर्थित भाजपा प्रार्थीलाई स्पष्ट मत दिएको तिनले बताए भने गोर्खाल्याण्डको पक्षमा रहेको जनाधारको कारण यसपल्टको विजय प्राप्त भएको पनि गिरीले उल्लेख गरे | यसका साथै बिजयी सांसद अहलुवालियाले गोर्खाहरुको दीर्घकालीन माग छुट्टै राज्य गोर्खाल्याण्डको मुद्धालाई संसदमा उठाएर पार लाउने कुरामा मोर्चा आस्वस्त रहेको पनि तिनले बताए | आफ्नो बहुमुल्य मत गोर्खाल्याण्डको पक्षमा खसाउने सिटोङ-लाटपन्चर समष्टिका जनतालगायत सम्पूर्ण मतदाताहरुलाई तिनले आभार व्यक्त गरेका छन | सोमबार मोर्चा केन्द्रिय समितिको सभामा भाग लिने अनि त्यसपछि आफ्नो समष्टि सिटोङ-लाटपन्चर समष्टिका जनतासित भेटघाट साथै धन्यबाद ज्ञापन गर्दै भ्रमण गर्ने योजना रहेको पनि सभासद गिरीले जनाएका छन

सोह्रौं लोकसभा चुनावमा केन्द्रमा भाजपा सरकार बनिने जनादेश तय भएको अनि दार्जीलिङ लोकसभा संसदीय

Read latest post filed under political news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.