मङपुका सबै विधालयहरुबाट शत प्रतिशत माध्यमिक उतीर्ण

Madhyamik Pariksha Results 2014
मङपु२३मई(केशर मोक्तान): माध्यमिक परीक्षाको परिणाम गत बर्षको तुलनामा मङपु क्षेत्रमा धेरै नै राम्रो भएको छ | यसपल्ट स्थानीय सरस्वती(Saraswati Higher Secondary School),शारदा(Sharda High School),ज्ञानपीठ(Jnanpith High School Rungbee),अगमसिह(Agamsingh Giri Jr. High School) गुडस्टार्ट(Good Start Academy) बिधालयबाट सय प्रतिसत बिधार्थीहरु उतीर्ण भएका छन | सरस्वती उच्चत्तर माध्यमिक बिधालयबाट ७५ जनाले माध्यमिक परीक्षा दिएका थिए भने यस बिधालयबाट १२ जनाले पहिलो स्थान प्राप्त गरेका छन भने अन्य सबै सन्तोषजनक अंक लिएर उतीर्ण भएका छन | यसै बिध्यालयबाट सुलोचना ठकुरीले ४९२ अंक लिएर मङपु टपर बन्न पुगेकी छिन | सुलोचनाले जीव विज्ञानमा ९० अंक प्राप्त गरेका छन भने  यसै विधालयका रिचा राईले ४९० अंक प्राप्त गरेर बिधालयमा दोस्रो स्थान हासिल गरेकी छिन | स्मरण रहोस् बिगत २००७ देखि यता गोर्खाल्याण्ड आन्दोलन संगै गोजामुमो मङपु जोनले गरीब आदिबासी परिवारका नानीहरुलाई पनि लिएर मङपुमा नै राखी शिक्षा आर्जन गराउदै आइरहेका थिए भने यस पल्टको माध्यमिक परीक्षामा ती बिधार्थीहरु मध्ये सरस्वती बिधालयमा अध्यनरत छात्र बिष्णनाथ उर्वाले पनि राम्रो अंक हासिल गरेर उतीर्ण भएका छन | यस्तैगरि ज्ञानपीठ उच्चतर माध्यमिक बिध्यालयबाट २१ जना बिधार्थीहरुले परीक्षा दिएका थिए भने यहाबाट १ जना प्रथम अन्य २०जनाले दोस्रो स्थान हासिल  गरेर सबैजना उतीर्ण भएका छन | स्थानीय शारदा उच्च माध्यमिक बिधालयबाट ३३ जनाले परीक्षा दिएका थिए भने यहाबाट पनि  सय प्रतिसत विधार्थीहरु सफल भएका छन | अर्कोतिर लगतार रुपमा तेस्रो पल्ट पनि अगमसिह गिरी बिधालयबाट सबै बिधार्थीहरु माध्यमिक परीक्षामा उतीर्ण भएका छन यस बिधालयबाट ८ जनाले माध्यमिक परीक्षा दिएका थिए भने ८ जना नै रामो अंक हासिल गरेर माध्यमिक परिक्षामा उतीर्ण भएका छन | यहाको गुड स्टार्ट एकाडमीबाट सय प्रतिसत बिधार्थीहरु सफल भएका छन यस स्कुलबाट  २५ जनाले माध्यमिक दिएका थिए भने यस १० जनाले प्रथम स्थान ओगट्न सफल भएका छन भने अन्य १५ जना बिधार्थीहरुले सन्तोषजनक अंक हासिल गरेर उतीर्ण भएको छन | अर्कोतिर यहाको कस्तुरी एमएसके(Kasturi MSK or Kasturi Junior High School)बाट ११ जना परीक्षार्थीहर मध्ये ८जना सफल अनि ३ जना क्म्पार्टमेन्टल भएका छन | लाब्दा एमएसके(Labdah MSK or Labdah Junior High School) बाट १३ जना परीक्षार्थीहरु मध्ये ११ जना उतीर्ण भए भने दुई जना   क्म्पार्टमेन्टल भएका छन् | यस पल्ट माध्यमिक परीक्षामा उतीर्ण हुने सम्पूर्ण छात्रछात्रावर्गलाई  बिध्यालयका प्रधानाध्यापक अनि शिशक शिशिकागणले बधाई दिएका छन |

माध्यमिक परीक्षाको परिणाम गत बर्षको तुलनामा मङपु क्षेत्रमा धेरै नै राम्रो भएको छ | यसपल्ट स्थानीय सरस्वती,शारदा,ज्ञानपीठ,अगमसिह गुडस्टार्ट बिधालयबाट सय

Read latest post filed under mungpoo news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.