मङपु२५मई(केशर मोक्तान): स्थानीय अगमसिहं गिरी बिधालयमा
अस्थायी निम्न् बिधालय वार्किंङ
कमिटिको एक सभा संगठनको को - अडिनेटर
कविता राईको सभानेतृत्वमा
सम्पन्न भयो | पहाडको १५वटा
बिधालय हाल सम्म पनि सरकारी
मान्यता प्राप्तको निम्ति
प्रतिक्षा साचेर बसिरहेका
छन भने यस बिधालयहरुलाई झट्टै
सरकारले मान्यता दिन पर्छ भनि
यस वार्किंङ कमिटिको मांग रहेको
छ | बिशेष यस कमिटीले यस बिधालयमा
पढ़ाउने १५५ शिक्षक शिशिकागणलाई
दुखशास्ती हेरेर जीटीएले मासिक
वेतनको व्यवस्था गरिदियाजावोस
भन्ने मांग गरिरहेको छ | उक्त
बिषयमा पहल गरिदिने मांग गर्दै
निम्न् बिधालय वार्किंङ कमिटिले
चाडै नै जीटीए शिक्षा बिभाग
सभासद रोशन गिरी अनि जीटीए
मुख्य कार्यपाल बिमल गुरुङलाई
भेट गरि एक ज्ञापन चडाउने
सभाले निर्णय लिएको छ | यस संगठनलाई
अघि बडाउन अनि मजबुत बनाउन
साथै अस्थायी शिशकहरुको समस्यको
समाधान गर्न सबै शिक्षक शिक्षिका
गणलाई सचेत भएर अघि आउने संगठनले
अपील गरेका छन | आजको सभामा संगठनका
चीफ कोअडीनेटर कविता राई,कोअडीनेटर
रुपाश बम्जन अनि जगत थापा लगायत
अन्य शिक्षक शिक्षिकागणले
सम्बोधन गरे | सभामा मङपु
अगमसिह गिरी जुनियर हाई स्कुल,मगरजुँङ,मङपाङ,कागे,सेले म्बुंङ,उपर
लोदांङ,पारिजात जुनियर स्कुल
बिजनबारीका शिक्षक शििक्षागण
उपस्थित थिए |
