गोर्खाल्याण्डलाई मात्र ताकेर अघि बढ्नुपर्ने सुझाव

we want separate state gorkhaland under article 3(A) and 3(C) of indian constitution
सिटोङ, १९ मई (सञ्जीव छेत्री):: भर्खरै सम्पन्न सोह्रौं लोकसभा चुनावमा दार्जीलिङ संसदीय आसनबाट मोर्चा समर्थित भारतीय जनता पार्टी उम्मेदवार एसएस अहलुवालियाको विजयले मोर्चा समर्थकहरु हर्षित अनि उत्साहित बनिरहेका छन | यसै क्रममा सिटोङ-लाटपन्चर समष्टि समिति सभापति प्रमोद राईले समष्टि-समितिको तर्फबाट समष्टिका मतदाता, समर्थक अनि कार्यकर्ताहरुलाई जितको बधाई अनि मतदानको निम्ति धन्यवाद ज्ञापन गरेका छन | यस जितलाई गोर्खाहरुको स्वाभिमानको जित मान्दै समितिले बङ्गाल सरकारले चारैतर्फबाट चेपारोमा पारेको भए पनि अन्त्यमा गोर्खाहरुको जित भएको ठानेको तिनले जनाए | मोर्चाको जनाधार खस्केको भनेर आक्षेप लाग्नेगरेको भए पनि यस चुनावमा उक्त कुराहरु झुटो साबित भएको अनि गोर्खाल्याण्ड आन्दोलनकारी जनताको बर्चस्व कायमै रहेको प्रष्ट भएको पनि तिनले उल्लेख गरेका छन | मोर्चा अध्यक्ष विमल गुरुङले बारम्बार भन्दै आएको अबउसोको दिल्लिमुखी गोर्खाल्याण्ड आन्दोलनमा समष्टिको व्यापकरुपमा सहभागिता रहने भन्दै यस चुनावमा भारि मतले विजयी भएको भए पनि अति उत्साहित बनेर बिभिन्न प्रकारका अप्रिय नाराबाजी गर्ने अनि अशान्ति सिर्जना हुने क्रियाकलाप नगरिदिने औ शान्तिपूर्ण तरिकाले पार्टीको लक्ष्य गोर्खाल्याण्डलाई ताकेर अघि बढ्नुपर्ने सुझाव राख्दै तिनले अन्य पार्टीका मानिसहरुविरुद्ध रिस-इबी अनि बदलाको भावना नराखिदिने अनि युगसुहाउँदो राजनीति गरिदिने मोर्चा समर्थक अनि कार्यकर्ताहरुलाई समष्टि समितिको तर्फबाट तिनले अपिल गरेका छन | केन्द्रमा यसचोटिको भाजपा सरकारको कार्यकाल अवधि छुट्टै राज्य गोर्खाल्याण्डको गोर्खाहरुको दीर्घकालीन माग प्राप्त गर्न सफल हुनेकुरामा मोर्चा कार्यकर्ता अनि समर्थक आशावान रहेको पनि तिनले बताए |
उसरी नै गोर्खा जनमुक्ति मोर्चा सिटोङ एक खण्ड समिति उपाध्यक्ष डीगेल लेप्चाले पनि गोर्खाल्यान्डको मुद्धामा जनताले आफ्नो मत दिएको बताउँदै बङ्गाल सरकारको जातीय विभाजनको नीतिको जवाब पनि जनताले दिएको बताए भने खण्ड समितिको तर्फबाट मतदाताहरुलाई आभार ज्ञापन गरेका छन |

भर्खरै सम्पन्न सोह्रौं लोकसभा चुनावमा दार्जीलिङ संसदीय आसनबाट मोर्चा समर्थित भारतीय जनता पार्टी उम्मेदवार एसएस अहलुवालियाको विजयले मोर्चा समर्थकहरु हर्षित अनि उत्साहित बनिरहेका छन

Read latest post filed under political news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.