मङपु२८मई(केशर मोक्तान): मङपु रङबी बिभाग सुनाौलो बिहानी
कल्याण समितिको तत्वाधानमा
निशुल्क चिकित्सा जाच शिबिर
स्थानीय सार्बजनिक भवनमा सम्पन्न
भयो | हिज सम्पन्न भएको उक्त
स्वास्थ्य जाच शिविरमा डेन्टीस
डा.पार्थ सारथी बिश्वाश.फिजीसियन
डा.जे.एन प्रसाद,ईएनटी डा.पार्थ
प्राव रोईले स्थानीय बिरामीहरुलाई
जाच गर्दै निशुल्क रुपमा औषधि
वितरण गरियो | उक्त स्वास्थ्य
जाच शिविरमा २०० भन्दा अधिक
बिरामीहरुले स्वास्थ्य जाच
गराए | स्मरण रहोस सुनौलो बिहानी
कल्याण समितिका युवाहरुले
केही महीना अघि स्थानीय पसलहरुमा
मैला फ्याक्ने भाड़ा पनि बितावारण
गरिएको जानकारी यसै संस्थाका
सचिव सचिन गुरुङले दिएका छन
भने संस्थाले आगामी दिनमा अझ धेरै समाजिक कार्यहरु गर्दै
लैजाने जानकारी सभापति पुरण
ठकुरीले जनाए | आजको स्वस्थ्य
जाच शिविरमा संस्थाका युवाहरु
दिवश ठकुरी,रुपेन गुरुङ,राजमोहन
ठकुरी,संजय मंगर,आशिष ठकुरी
अनि समित राई उपस्थित रहेर
यस स्वास्थ्य जाच शिविरमा
आआफ्नो भार लिएर कार्य गरेको
देखियो |
