मङपु रेसेप बजार निवासी सन्तोष
गुप्तको धर्मपत्नी मिरा गुप्त २७
बर्ष अनि छोरी निकुन्ज
गुप्त ३ बर्ष गत ९ मईको दिन माइता
घर सिलगडी जान्छु भनेर मङपुबाट
सिलगडी बसमा चडेर गएको थियो | तर
आज सम्म पनि ती दुई आमा छोरी
घरमा नपुग्दा परिवार पक्षले
मङपु पुलिस चौकीमा हराएको
प्राथामिक दर्ता गरेको छ | दुवै
परिवार पक्षबाट खोज तलाश जारी
राखिएता पनि आज १६ दिन बितिसक्दा
पनि दुई आमा छोरी बेपत्ता रहेको
छ भने यस बिषयमा पुलिस बिभागबाट
पनि खोज तलाश जारी राखेको छ | उक्त
दुई आमा छोरीलाई कसैले भेटेमा
निम्न नम्बरमा सम्पर्क गरिदिने
अथवा नजिकैको पुलिस चौकीमा
खबर गरिदिने अनुरोध गरिन्छ | सम्पर्क
नम्बर 8116330330 |
