मङपुमा मोर्चा कार्यलय अनि समर्थक माथि टिएमसीको हमला

TMC attacked on mungpoo GJM office injured two morcha supporters
चुनाव अवधिभरि  शान्त बनेको मङपु अचानक चुनाव परिणाम पछि टीएमसी पार्टीको झन्डा केही अज्ञात व्यक्तिहरुले जलाएको घटनाले अचानक अशान्त बन्न पुग्यो | हिज बिहान ९.३० बजे टी.एम.सी.समर्थकहरुले  गोजामुमो पार्टी कार्यालयमा पुगी तोडफोड गरिएको घटना अघि आएको छ भने टीएमसी समर्थकहरुले गोजामुमो पार्टी कार्यालय भित्र  रहेका दुई मोर्चा समर्थकहरु अदीप तामांङ अनि केवल ठकुरी माथि हमला गरेको पुलिस सुत्रद्वारा थाहा लागेको छ | जसको कारण दिनभारी नै मङपु क्षेत्र तनावपूर्ण बन्यो | टीएमसी कार्यकर्ताहरुले हातमा धारिलो हतियार रड लिएर  मार्ने तरिकाले आएको जानकारी घाइते अदीप तामांङले संचारकर्मीहरुलाई बताएका छन | उक्त घटनामा मोर्चा समर्थक केवल ठकुरीलाई सामान्य चोट लागेतापनि अदीप तामांङलाई भने गम्भीर चोट लाग्नको साथै एक पट्टीको खुट्टा भाचिएको छ | घाइते अदीप तामाङलाई मङपु अस्पतालमा लगेर उपचार गरेपछि उनलाई मङपु अस्पतालबाट दार्जीलिङ अस्पतालमा उपचारको निम्ति पठाएको जान्नामा आएको छ | आज तनावपूर्ण घटना पछि हिज दिन भरि  नै मङपु बजार बन्द रह्यो  साथै गोजमुमो कार्यकर्ताहरुले दोषीहरुलाई झट्टै पक्राउ गर्ने मांग गर्दै दुई घण्टा सम्म मङपु थानामा जुलुस लगाए | गोजामुमोको पक्षबाट टीएमसी नेता पवन बल,शरद थापा,निलकुमार गुरुङ,यादव गुरुङ,के.एस छेत्री, मिरेंन लामा लगायत अन्य टीएमसी कार्यकर्ताहरुको नाममा पुलिसलाई प्राथामिकी दर्ता गरिएको जान्नामा आएको छ | पुलिसले दोषीहरुलाई चाडै पक्रिने आस्वासन दिएपछि मात्र मोर्चा समर्थकहरु शान्त बनेको देखियो  | यसरी मोर्चा समर्थकहरुले घटनाको घोर प्रतिबाद जनाउदै साथै दोषीहरुलाई २४ घण्टा भित्र पुलिसलाई पक्रिने मांग गर्दै  नालीडाड़ा देखि मङपु बजार सम्म प्रतिबाद जुलुश निकाले | घटनाभएको सुन्नसाथ  मङपु आउटपोस्टमा दार्जीलिङ एडिसनल एस.पी, डी.एस.पी,अनि रङलीरङलीयट एस आइ उपस्थित रहे भने उक्त घटना पछि मङपुमा रेफ अनि सीआरपी बल तैनाथ गरिएको छ साथै  घटना पछि मङपुमा सीआरपीले फ्ल्यागमार्च  गरे | यस बिषयमा लाब्दा मङपु समष्टिका सभासद रतन थापाले कानुन सबैलाई बराबरी हुनुपर्ने मांग गर्दै दोषी ब्यक्तीहरुलाई पुलिसले झट्टभन्दा झट्ट पक्राऊ गर्नु पर्ने मांग गरेको छ नत्र गोजामुमोले बृहत रुपमा आन्दोलन गर्ने सभासद थापाले चेताउनी दिएको  छ | अर्को तिर मोर्चा समर्थकहरुले उक्त घटना पछि आक्रोसमा आई टीएमसी नेता संजय थापाको सवारी वाहन wb76/7723.तोडफोड़ गरिएको पुलिस सुत्रले जनाएको छ | यस घटना समन्धमा मङपु टीएमसी सयोजक पवन बलले मोर्चा समर्थकहरुले टीएमसी पार्टीको झन्डा जलाएको आरोप लगाउदै यस बिषयमा मोर्चा समर्थकहरुसित आफुले केहि बुज्न चाहँदा  उनीहरुले धम्की दिएको र उक्त घटना हुनु पुगेको बताए साथै उनलाई पनि गोजामुमो कार्यकर्ताहरुले हत्तापाई गरेको कारण दोषीहरुलाई पक्राउ गर्नु पर्ने मांग गर्दै मङपुमा आउटपोस्टमा गोजामुमो नेताहरु बिरुद्द प्रथामिकी दर्ता गरेको बलले  बताए | टीएमसी सयोजक बलले रन्जुभेल्ली साथै बीचकमान टीएमसी कार्यकर्ताहरुलाई मोर्चा समर्थकहरुले मार्ने धम्की सम्म दिएको आरोप लगाए | पुलिसले दोषीव्यक्तिहरूलाई चाडै पक्राउ गरिने  बताएको छ |

चुनाव अवधिभरि शान्त बनेको मङपु अचानक चुनाव परिणाम पछि टीएमसी पार्टीको झन्डा केही अज्ञात व्यक्तिहरुले जलाएको घटनाले अचानक अशान्त बन्न पुग्यो |

Read latest post filed under mungpoo news, political news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.