युराशिया रेयुकाई (Eurasia Reiyukai) १८ औं शाखा समाज विकाश केन्द्रको आयोजनामा आश्रामका वृदहरुलाई भोजन वितरण गरिएको छ | यहाँको ८ माइल स्थित स्थान पारिमिता च्यारिटेबल ट्रस्टमा रहेको असाहय वृद्धहरु अनि अनाथ नानीहरुलाई आज २ चोटिको भिजनको व्यवस्था गरिएको थियो | उक्त ट्रष्टमा रहेको ११० जना वृद्ध - वृद्धा अनि नानीहरुलाई भोजन प्रदान गरियो | युराशिया रेयुकाई १८ औ शाखाका ग्याल्पोछिरिंग भोटियाको मुख्य संयोजन रहेको उक्त कार्यक्रममा युराशिया रेयुकाई १८ औ शाखाका शिबुचो उमा शंकर पौड्याल साथै शिबुचो कमल प्रसाद गुरुङ, शिबुचो आशिष गुरुङ, शिबुचो साङ्गे पाल्देन डुक्पा, शिबुचो राजेन सार्की, होजाशु निक्मा तामांग, होजाशु दिपेन रसाइलीको उपस्थिति रहेको थियो | यसरी वृदहरुलाई संस्थाको तर्फबाट वर्षेनी भोजन वितरण गर्ने गरेको छ | वृद्धहरुलाई भोजन वितरण गर्नुको मुख्य उदेश्य उनीहरुमा प्रेम अनि सान्त्वना बाड्नु रहेको छ भने यता ट्रस्टका निर्देशक थिल्ले मोटुकले यसरी पुर्याएको सहयोगको निम्ति युराशिया रेयुकाई २८ औ शाखा समाज विकाश केन्द्रलाई आभार व्यक्त गरेका छन् |
