विलिभर्स चर्च ब्रिज अफ होपको
आयोजनामा आठौ अभिभावक दिवश
पालन गरियो | प्रत्येक बर्ष झैँ
यस बर्ष पनि ब्रिजअफ होपले
आयोजना गरेको अभिभावक दिवश
समारोहमा मुख्य अतिथि सिलगडी
दायोसिसबाट पास्टर लाडुप लेप्चा
उपस्थित थिए | विलिभर्स चर्चको
पास्टर विलियम कार्थकको अध्यक्षतामा
सम्पन्न भएको अभिभावक दिवस
समारोहमा बाल बालिकाहरुले
अभिभावकहरुलाई खदा अनि उपहार
प्रधान गर्दै भक्तीभाव प्रदान
गरे | अभिभावकवर्गलाई प्रोत्साहन
दिनु साथै अभिभावकहरुको दायित्व
बोध गराउनु नै आजको यस अभिभावक
दिवश कार्यक्रम राखिएको थियो | आजको मुख्य अतिथि पास्टर लादुप
लेप्चाले अभिभावकहरुले
नानीहरुलाई कसरी सफलताको सिडीमा पुराउन सकिन्छ भन्ने ज्ञानहरु
बताए | समारोहमा नानीहरुले नृत्य,गीत,
प्रस्तुत गरे | स्मरण रहोस अमेरिका
भूपू राष्ट्रपति विल क्लिन्टनले
घोषणा गरेको अभिभावक दिवस राष्ट्रियब्यापी
रहेको छ | नानीहरुले अभिभावकवर्गको
सेवा गर्नु र आज्ञा पालन गर्नु
नै प्रमुख कर्तब्य रहेको समरोहमा
अतिथिहरुले जनाए | सआजको यस अभिभावक
दिवस कार्यक्रममा समिता राईले
धन्यबाद ज्ञापन गरेको थिए भन्ने
जानकारी प्रोजेक्ट कोअडिनेटर
बजेन शेर्पाले जानकारी दिएका
छन |
