State Bank of India (SBI) Customer Service Point in Mungpoo
मङपु२जुलाई(केशर मोक्तान) : भारतीय स्टेट ब्यांक दार्जीलिंङ
शाखाको देखरेखमा आज देखि
मङपुमा एसबीआई ब्यांङकको ग्राहक
सेवा केन्द शुरु भएको छ | आज
स्थानीय नालीडाड़ामा एसबीआई
ब्यांङकको ग्राहक सेवा केन्दको
उद्घाटन देवीका मोक्तानको
बाहुलीबाट गरियो | मङपुमा भारतीय
स्टेट ब्यांङको शाखाको मांग
दीर्घकालीन देखि हुदै आएता
पनि सो एसबीआइको शाखाको मांग
पुरा हुन् नसक्दा ग्रामीण क्षेत्रहरुमा
देखरेख गर्नको निम्ति दार्जीलिंङ
एसबीआई शाखाको देखरेखमा
यस ग्राहक सेवा केन्द्र मङपुमा
खोलिएको थाहा लागेको छ | यस ग्राहक
सेवा केन्द्रको लाभ स्थानीय
ग्रामबासी अनि कृषक दाजुभाईले
उठाउन सक्ने छन | स्थानीय जनताले
यस ब्यांङमा ५० हजार सम्मको
लेनदेन गर्नु साथै स्टेट ब्यांकको
खाता खोल्नु सक्नेछन भन्ने
जानकारी दार्जीलिङ भारतीय
स्टेट ब्यांङक सहव्यवस्थापक
वांङछेन लामाले दिएका छन | उक्त
ब्यांङकबाट स्थानीय जनताले
आगामी दिनमा गाडी,घर साथै दोकानको
निम्ति ऋण निकाल्न साथै एसबीआई
बिमा पनि गर्न सकिने छ | भारतीय
स्टेट ब्यांङकले शाखाहरु खोल्न
नसकेको ग्रामीण क्षेत्रहरुमा
नै यस प्रकारको एसबीआई ब्यांङक
ग्राहक सेवा केन्द शुरु गरिएको
थाहा लागेको छ | यदी ब्यांङकमा
खातादारी खोलाउनेहरुको संख्या
ज्यादा भएमा चाड़ै नै मङपुमा
एसबीआईको शाखा पनि खोलिने ब्यांक
कृतपक्षले जनाएका छन | उक्त एसबीआई
ब्यांङकको ग्राहक सेवा केन्दको
देखरेख भवना मोक्तानले गर्ने
छन भने आजको यस ब्यांङक उद्घाटन कार्यक्रममा दार्जीलिंङ एसबीआईका
प्रमुख व्यवस्थापक देबज्योती
देव, सहव्यवस्थापक वांङछेन
लामा अनि एलडीएम उमेश कुमार
लगायत स्थानीय समाजसेवी अनि
बुद्दिजीवी व्यक्तित्वहरु
उपस्थित रहेका थिए | यस ब्यांङकबाट
उपभोक्ताहरुले एसबीआईको
खाता खोल्नुको साथ साथै एटीएम
पनि प्राप्त गर्न सक्नेछन | सोमबार
मङपु बजार बन्द रहने भएको हुनाले
उक्त ब्यांङक पनि हप्ताको
सोमबार बन्द रहने भएको छ |