मंग्पू युथ बोइस क्लबको तत्वधानमा सम्पन्न भइरहेको मंग्पू गोल्ड कप २०१४
(Mungpoo Gold Cup 2014) को आजको खेल साई सिलिगुडी बनाम मंग्पू युनाइटेड माझ रहेको थियो | खेल
अत्यन्तै रोमान्चक हुँदा – हुँदै खेलाको ८ मिनट भित्र नै जर्सी नम्बर ६
सत्यम सरकारले साई सिलिगुडीको पक्षमा एक गोल गर्दा मंग्पू यूनाइटेडका
खेलाडीको निम्ति झनै ठूलो चुनौती खडा भएको थियो | यता साई सिलिगुडीले अझ एक
गोल गरेर आफ्नो जीत पक्का गर्नु थियो भने उता मंग्पू यूनाइटेडका
खेलाडीहरुले पनि आफ्नो दललाई अघि लैजान गोल सुलाएर अझ गोल थप्न पर्ने
स्तिथि सृजना भएको थियो | हल्का वर्षाको पर्वाह नगरी मंग्पू यूनाइटेडका
खेलाडीहरुले पनि साई सिलिगुडीको विरुद्धमा उत्कृष्ट प्रदर्शनी गर्दै खेलको
अन्त सम्म नै विपक्षी दललाई गोल थप्ने मौका दिएका थिएनन् | यसरी आजको खेला
अति रोचक हुँदा – हुँदै पनि खेलको ९३ मिनटमा जर्सी नम्बर १० अजरुद्दीनले
फेरि साई सिलिगुडीको पक्षमा एक गोल थपेर मंग्पू युनाइटेडलाई परास्त पार्दै
आफ्नो दलको जीत निश्चित गराए |
भोलिको खेला ११ जी० आर० टी० ए० दार्जीलिंग बनाम एस०ए०पी० ब्रिगेड सिलिगुडी माझ भिडन्त हुनेछ |
भोलिको खेला ११ जी० आर० टी० ए० दार्जीलिंग बनाम एस०ए०पी० ब्रिगेड सिलिगुडी माझ भिडन्त हुनेछ |

Post a Comment
We love to hear from you! What's on your mind?