साहित्यको उर्बर भूमि साथै विश्व कवि रविन्द्रनाथ
टेगोरको आशिर्वाद परेको भुमि मानिने मङपुमा आज फेरि कवि जगत
राईको "पिठ्युको घाम " कविता संग्रह
बिमोचन भएर मङपुको साहित्यिक
पृष्ठभूमिमा अझ थप योगदान पुगेको
छ | कवि जगत राई द्वारा लिखित
यस पुस्तक संग मङपु क्षेत्रबाट
हाल सम्म प्राय: ३७ वटा कविता संग्रह
अनि ८१ वटा पुस्तक संख्या पुगेको अनुमान छ | आज स्थानीय ज्ञानपीठ बिधालयमा
निबन्धकार ए.के.गुरुङको अध्यक्षतामा
कवि जगत राई कृत कविता संग्रह
पिठुयुको घामको विमोचन समरोह्का
प्रमुख अतिथि नोरज्यांङ सेंग्दन,उदय
थुलुंङ,जय क्याक्टस,बिमल राई,बासुदेव
पुलामी, नरेन्द्र गोर्खा,ए.के
गुरुङ अनि जगत राईको बाहुलीबाट
गरियो | मङपु साहित्यक संस्थान
दवारा आयोजित यस कार्यक्रममा
सुरेन्द्र थिङले स्वागत सम्भाषण
राखे भने साहित्यकार टेकध्वज
जिम्बा,कर्ण बिरह,नरेन्द्र
गोर्खा,निरज थापा,सुभद्र बम्जन,ज्ञानेन्द्र
यक्सो सुब्बा,सन्जीब छेत्री,नबिन
सुब्बा,सतीश छेत्री,अनित खाती,आशिषदीप
राई,हनोक थापा अनि सानु भट्टराई
आदिले कविता वाचन गरेका थिए | दीप थापाद्वारा
संचालित यस साहित्यक कार्यक्रममा
प्रमिला मुखियाले कविको परिचय
दिए भने साहित्यकार जय क्याक्टसले
उक्त विमोचित कृति माथि समीक्षा
गरे | उक्त कविता संग्रह नैपुन्य
पब्लिकेशन मङपुबाट प्रथम चोटि
प्रकाशित गरिएको हो र मंग्पूबाट अब उसो कुनै पुस्तक अथवा अन्य छपाईहरु गर्न परे नैपुन्य
पब्लिकेशन मङपुबाट गर्न सकिने प्रमाण पनि हो |
कवि जगत राई कृत कविता संग्रह पिठुयुको घाम - को विमोचन
02Nov2014
Post a Comment