रम्बी बजार टागे फरेष्ट बस्ती निवासी कर्णबहादुर राईको १५ बर्षीय छोरा सागर राई गत ३०अक्टुबर देखि लापत्ता भएको कारण अभिभावकगणले रम्बी पुलिस चौकीमा प्रथामिकी दर्ता गरेका छन | सागर राई कालेबुङ कमल ज्योती स्कुलमा सातौ श्रेणीमा अध्यानरत छात्र हुन् भने दिपवालीको छुट्टीमा आफ्नो घर रम्बी बजार टागे फरेष्ट बस्तीमा साथी संगी सित दिपावली मनाएर ३० अक्टुबरको दिन बिहान ९ बजे कालेबुङ जाने बसमा राष्ट्रिय राजमार्ग ३१ए रम्बी बजारबाट सवार भई कालेबुङ कमल ज्योती स्कुल होस्टेलको निम्ति प्रस्थान भएको थिए तर आज सम्म उनी त्यस होस्टलमा नपुगेर बेप्पता भएको कारण परिवार पक्षले आज रम्बी पीपीमा प्राथामिकी दर्ता गरेका छन | उनले घरबाट निस्केको दिन अथवा हराएको दिन पहेलो टीसर्ट अनि बाहिरबाट चेकसर्ट, निलो रंगको जिन्स पेन्ट,किटटो चपल साथै हातमा कालो रंगको ब्याग बोकेको छ | यसर्थ उक्त बिधार्थी सगार राईलाई कसैले भेटमा रम्बी पीपी साथै अभिभावक कर्णबहादुर राई अनि सुनील थापा संघ निम्न नम्बर 96352 81082 मा सम्पर्क गरिदिने अनुरोध गरिन्छ |

Post a Comment
We love to hear from you! What's on your mind?