कर्मचारीवर्गको समस्याहरुलाई लिएर दातडुप्लालेयुको निर्देशक डा.सामुएल राईसित भेट

Darjeeling Terai Dooars Plantation Labour Union cinchona zone
सिन्कोना बगान श्रमिक कर्मचारीवर्गको बिविद समस्याहरुलाई लिएर दार्जीलिंङ तराई डुवर्स  प्लान्टेशन लेबर युनियन ( Darjeeling Terai Dooars Plantation Labour Union) टोलीले सिन्कोना बगान निर्देशक डा.सामुएल राईसित  भेट वार्ता गरेका छन् | दातडुप्लालेयुले सिन्कोना निर्देशालयले तयार गरेको नियुक्तिको नियम संसोधन गरि श्रमिकबाट “ग्रुप डी”मा नियुक्ति छनौट गरिदा श्रमिकवर्गको उमेर १८ देखि ४९ बर्ष औ शैक्षिक योग्यता नेपाली पढ़न वा लेख्न सक्ने उमेद्वारलाई मान्यता दिइनुपर्छ, ग्रुप डी नियुक्ति पछि माथिको पदोन्नती प्रक्रियामा निर्देश्लयको परम्परागत ब्यवस्थालाई यथावत राख्न पर्छ | जनसाधारण र मिडियाबाट प्राप्त जानकारी अनुसार सिन्कोनाबासी श्रमिक कर्मचारीवर्गले आफ्नो जमीनमा कुनै पनि निर्माणहरुको अनुमति विभागबाट लिनु पर्नेछ भन्ने आदेशलाई दातडुप्लालेयु घोर बिरोध जनाउदै उक्त आदेशलाई बगानमा उक्त आदेश प्रवासीहरुको निम्ति लागु गरे उचित हुने जनाएको छ | धेरै बर्ष देखि रोकिएको श्रमिकवर्गको डीए महंगी भत्ता यथासिघ्र दिनुपर्छ, सिन्कोना श्रमिक वर्गको बेसिकपेको रिभाइज प्रक्रिया झट्टै शुरु गरिनपर्छ, बगान अधिकारीवर्गको रिक्त पदहरुमा यथासिघ्र नियुक्त गरिनपर्छ र स्थानीय पढेका व्यक्तिहरुलाई अधिकारी पदमा नियुक्ति गरिनपर्ने युनियनको मांग रहेको छ | कुलैन कारखाना संचालन सम्बन्धी निर्देशालयले यस युनियनलाई लिखित प्रतिवेदन झट्टै दिन पर्छ भनि युनियनले मांग गरेको छ | युनियनले ज्ञापन दिएको उक्त बिषयमा बगान निर्देशक डा.सामुएल राईले यी सम्पूर्ण  बिषयमा जीटिए लेबल अनि सरकार संग सकारत्मक कुराकानी भइरहेको जनाए |  दार्जीलिंङ तराई डुवर्स  प्लान्टेशन लेबर युनियनले बगान श्रमिकवर्गको एरियर(डीए) १५ फरवरी सम्म सरकारले नदिए युनियनले बगान श्रमिक कर्मचारीवर्गलाई लिएर सडकमा ओर्लिएर आन्दोलन गर्ने जानकारी युनियन सचिव गगन राईले दिएका छन | यसरी जीटीए प्रमुख बिमल गुरुङले गत बर्स मङपु कुलैन कारखाना भ्रमणमा आउदा यस कारखानालाई आधुनिकरण  गर्नको निम्ति ७ कड़ोर दिने घोषणा गरेका थिए भने उक्त रकम ७ कड़ोर१४ लाख जीटीएबाट हालैमा सिन्कोना विभागलाई अवानटित भएकोमा दातडुप्लालेयु सिन्कोना जोन केन्द्र समिति सचिव गगन राईले सम्पूर्ण बगानबासीको पक्षमा जीटिए प्रमुख बिमल गुरुङलाई आभार व्यक्त गरेका छन |

सिन्कोना बगान श्रमिक कर्मचारीवर्गको बिविद समस्याहरुलाई लिएर दार्जीलिंङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन ( Darjeeling Terai Dooars Plantation Labour Union) टोलीले सिन्कोना बगान निर्देशक डा.सामुएल राईसित भेट वार्ता गरेका छन् |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.