डा.ज्ञानचन्द्र गुरुङ अनि लेफ्टिनेन्ट सुदिप गुरुङलाई सम्बर्धना, मङपुमा मोडल बिध्यालय निर्माण गरिने

felicitation prog for dr Gyanchandra gurung lt sudipa gurung
मङपु बिभाग ग्राम सुधार समितिले आज पहाड़बाट नै शारीरिक शिक्षा  बिषयमा प्रथम चोटि  पीएचडी  उपाधि प्राप्त गर्न सकेकोमा डा.ज्ञानचन्द्र गुरुङ अनि गाउँकै चेली सुदीपा गुरुङले मिल्टेरी नर्शिंङ  सर्भिसमा लेफ्टिनेन्ट पदमा आशिन हुन सकेकोमा गौरव गर्दै समाजका सम्पूर्ण सदश्यहरुले यी दुई प्रथिभाहरुलाई हार्दिक संवर्धना जनाईएको छ | समाजकै सभापति शंखपाल थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि उदय थुलुंङको बाहुलीबाट लेफ्टिनेन्ट सुदिप गुरुङलाई सम्बर्धना पत्र प्रदान गरेर सम्मान जनाईयो | यसरी बिशिष्ट अतिथि सिन्कोना बगान पुर्ब निर्देशक डा.ज्ञान चन्द सुब्बाको बाहुलीबाट शारीरिक शिक्षामा पीएचडी प्राप्त गर्ने व्यक्तित्व डा.ज्ञानचन्द्र गुरुङलाई सम्बर्धना पत्र दिएर सम्मान जनाईयो | कार्यक्रममा साहित्यकार ए.के गुरुङ,युवराज राई अनि नितु गुरुङले सम्बर्धित व्यक्तिहरुको परिचय पत्र र सम्बर्धना पत्रहरु प्रस्तुत गरे | आरबी सुब्बाको प्रागणमा सम्पन्न यस कार्यक्रममा सभापति,मुख्य अतिथिअनि बिशिष्ट अतिथितहरुले सारगर्भित बक्तब्य राखे | यसैक्रममा सम्बर्धित व्यक्ति दुईले पनि अतिनै रोचक ढंगमा आफ्नो अनुभव राखे | कार्यक्रममा समाजकै नानीहरुद्वारा सुन्दर सुन्दर नृत्य तथा गायक सोम छीरिंङ लेप्चाद्वारा मिठो गीत प्रस्तुत गरे | अशीत थापाले संचालन गरेको समारोहमा सम्बर्धित व्यक्तिका माता पिता अनि सिनियर सिटिजनलाई पनि ग्राम सुधार समाजबाट सम्बर्धना जनाइयो | कार्यक्रममा ज्ञानपीठ विधालयका प्रधान अध्यापक बी.के गुरुङ लगायत समाजका बरिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो | मङपु बिभाग प्रा.पाठशाला प्रधानअध्यापक किशोर थापाले स्वागत सम्भाषण राखेको कार्यक्रममा भीमबहादुर गुरुङ धन्यवाद ज्ञापन गरेपछि अन्त्यमा सभाध्यक्ष शंखपाल थापाले दुई शब्द राख्दै कार्यक्रमको अन्त गरियो भन्ने जानकारी आयोजक समितिका सभापति निर्मल गुरुङले  दिएका छन |

 मङपुमा आदर्श मोडल बिध्यालय निर्माण गरिने

सरस्वती उच्चतर माध्यमिक बिधालयमा संचालन समितिको आयोजनामा साथै बुजुर्ग महानुभाववर्ग,शिक्षानुरगी,समाजिक कार्यकर्ता लगायत वरिपरिका अभिभावकवर्गको अनि शिक्षक शिक्षिकाको उपस्थितिमा प्राध्यापिका देविका तामांङको अध्यक्षतामा मोडल स्कुल निर्माणार्थ एक जरुरी सभा सम्पन्न भयो | उक्त सभामा बिधालय परिसरमा नै मोडल बिधालय निर्माण भवन निर्माण गरिने प्रस्ताव सर्वसमितिद्वारा ग्रहण गरियो | सभामा मोडल बिधालय निर्माण हेतु महत पहल गरिदिए वापत गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल बिमल गुरुङलाई बिपुल आस्था सहित हार्दिक कृतज्ञता प्रकट गरियो | यसको साथै संचालन समितिले क्षेत्रीय सभासद रतन थापा आभार व्यक्त गरेका छन/पप्पु छेत्रीले संचालन गरेको सभामा भुतपुर्ब प्रधानअध्यापक एन.बी छेत्री, समल कार्की,के के छेत्री,डी.एस लोहार,प्रदीप छेत्री,रतन लामा,दिलीप शर्मा,हेमन्त कुमार जैन आदिले आआफ्नो विचार राखे |

मङपु बिभाग ग्राम सुधार समितिले आज पहाड़बाट नै शारीरिक शिक्षा बिषयमा प्रथम चोटि पीएचडी उपाधि प्राप्त गर्न सकेकोमा डा.ज्ञानचन्द्र गुरुङ अनि गाउँकै चेली

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.