सिन्कोना श्रमिकवर्गले बढ़ पैसा पाउने

DTDPLU general secretary Gagan Rai, Ratan Lama, Ratan Adhikari
मङपु ४मार्च(केशर मोक्तान): सिन्कोना बगान जीटीए भित्र अन्तर्भुक्त भए पछि प्रथम चोटी सिन्कोना बगान श्रमिकवर्गले १४ महीनाको बढ  पैसा(एरियर)यसै मार्च महीनामा  पाउने जानकारी दार्जीलिंङ तराई डुवार्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन केन्द्रीय समिति सचिव गगन राईले एक पत्रकार सम्मेलनमा  बताएका छन् | बिगत २०१२ देखि २०१४ साल सम्म नपाएको डीए बढपैसा यसपल्ट ६ हजार २ सय ६७ रुपियाँ यसै महिना भित्र पाउने जानकारी यूनियन सचिव राईले जनाए | दातडुप्लालेयुले  श्रमिकवर्गको हितको निम्ति लड़दै धेरैवटा कार्य गर्न सफल रहेको ठोकुवा गर्दै श्रमिकवर्गको  बढ़पैसा पाउनको निम्ति यूनियनले धेरै अघि देखि पहल गर्दै आइरहेको र उक्त बिषयमा सिन्कोना बगान निर्देशक अनि व्यवस्थापकले साथै जीटए सिन्कोना बगान सभासद अनि जीटीए अधिकारीवर्गको सहयोग कारण नै जीटीएबाट प्रथम चोटी सिन्कोना श्रमिकवर्गलाई बढपैसा (एरियर) दिलाउन सक्षम भएको जानकारी सचिव राईले दिएका छन् | मङपु अनि रोंङगो सिन्कोना बगान श्रमिकवर्गले २०११ सालको  दुई महीनाको डीए पहिलाबाट नै लिएको कारण ६२६७ रुपियाँ मात्र पाउने भए पनि लाठपन्चर,सिटोङ अनि मनसोङ सिन्कोना बगानले भने उक्त दुईमहीनाको डीए पनि नलिएकोले यसपल्ट श्रमिकवर्गले  ८ हजार भन्दा अधिक बढ़पैसा पाउने सचिव राईले बताए | यसरी अहिले घडी नानीहरुको स्कुल भर्न गरिने समय अनि खाता किताब किन्ने समयमा बढ़पैसा पाउने खबरले समग्र सिन्कोना बगान श्रमिकवर्गमा हर्षको लहर छाएको छ |

मङपु ४मार्च(केशर मोक्तान): सिन्कोना बगान जीटीए भित्र अन्तर्भुक्त भए पछि प्रथम चोटी सिन्कोना बगान श्रमिकवर्गले १४ महीनाको बढ पैसा(एरियर)यसै मार्च महीनामा पाउने जानकारी

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.