मङपुमा केन्द्र बिश्वविधालय निर्माणको निम्ति जीटीए द्वारा पहल शुरु

GTA team visit mungpoo for central university
मङपु३मार्च(केशर मोक्तान) : मङपुमा केन्द्र बिश्वविधालय नवनिर्माणको निम्ति जीटीए द्वारा पहल शुरु गरिएको छ | पहाड़मा केन्द्रिय बिश्वबिधालय स्थापना हुने बिषयमा जीटीएले डीपीआर नपठाएको कारण यसपालीको आम बजटमा कोष अवानटित नभएको दार्जीलिंङ लोकसभा सांसद एसएस अहुलुवालियाले जनाए पनि जीटिएको पक्षबाट भने पहाडमा केन्द्र विश्वबिधालय निर्माणको निम्ति मङपुलाई उपयुत ठाउँ मानिलिएको छ फलत आज जीटए टोलीद्वारा केन्द्र विश्वबिधालय मङपुमा निर्माण गर्नको निम्ति मङपु सिन्कोना बगानको कागाते क्षेत्रमा परिभ्रमण गरियो | यसभन्दा अघि पनि गोजामुमो अध्यक्ष एव जीटीए प्रमुख बिमल गुरुङले केन्द्र विश्वविधालयको निम्ति मङपु उपयुत ठाउँ रहेको जनाईसकेकका छन भने मोर्चा अध्यक्षको पहलमा ८ सेप्टेम्बर २०१२ दिल्लीबाट आएका आर्किटेक पीआर मेहताले पनि पहाड़मा केन्द्रिय बिश्वबिधालय स्थापना निम्ति मङपु उपयुत ठाउँ रहेको बताउदै यस क्षेत्रको परिभ्रमण गरिसकेका छन | उक्त केन्द्र बिश्वविधालय स्थापना हेतु मङपु सिन्कोना बगानको जमीन परिभ्रमण गर्न जीटीए ओओएसडीका अधिकारी गोपाल लामा अनि दार्जीलिंङ महाबिधालय प्राचार्य आज मङपु आइपुगका थिए |उक्त बिषयमा  जीटीए अधिकारी गोपाल लामा संग सम्पर्क गर्द जीटीएले पहिलेबाट  नै विश्वबिधालयको मङपुमा निर्माण गर्ने तय गरेको कारण नै आज फेरी दोस्रो चोटी मङपुको जमीन हेर्न जीटीए टोलि मङपुमा आइपुगेको बताए | अधिकारी लामाले बिश्वबिधालय निर्माणको निम्ति समय लाग्ने बताउदै अब केहि दिनमा नै जीटीए द्वारा एक कमिटि गठन गरि म्याप लगायत कागजपत्र तयार गरि केन्द्रविश्व बिधालयको निम्ति केन्द्र  सरकार समक्ष पठाउने योजना रहेको जनाए | केन्द्र बिश्वबिधालयको निर्माणको निम्ति तीनसय एकर जमीन लाग्ने अधिकारी लामाले बताए | आज सिन्कोना बगानको जमीन परिभ्रमण गर्न जीटीए अधिकारीको साथमा सिन्कोना बगान निर्देशक डा.सामुएल राई,सिन्कोना बगान व्यवस्थापकगण,अमीन,बगानको चौकीदार लगायत मोर्चा मङपु जोन सचिव रतन लामा,दातडुप्लालेयु सिन्कोना जोन केन्द्र समिति सचिव गगन राई उपस्थित थिए | उक्त बिषयमा बगान निर्देशक संग जान्न चहदा निर्देशक डा.राईले सिन्कोना बगान जीटीए भित्र रहेको कारण जीटीए व्यवस्थाले जे निर्णय लिन्छ त्यो  कुरोमा नै सहमति रहने कुरो जनाए | यसरी मङपुमा विश्व बिधालय नवनिर्माण हुने खबरले सम्पूर्ण मङपुबासीमा हर्षको लहर छाएको छ | उक्त बिषय माथि बोल्दै गोजामुमो ट्रेड युनियन दातडुप्लालेयु सिन्कोना जोन केन्द्र समिति सचिव गगन राईले  सिन्कोना बगानको खेती  नभएको जमीन अर्थात सिन्कोनाको खाली ठाउँमा नै बिश्वबिधालयको निम्ति जमीन हेरिएको बताउदै बिश्वबिधालय मङपुमा निर्माण हुनु  भनेको मङपुबासीको निम्ति भाग्यको कुरो रहको जनाए | यसरी गोजामुमो मङपु जोंन सचिव रतन लामाले केन्द्र बिश्वबिधालय मङपुमा बनिनु भनेको एकदमै खुशीको कुरो हो अनि मङपुको निम्ति यो हिसटोरिकल एसेट हुनेछ भन्दै यसलाई सम्पूर्ण मङपुबासीले स्वागत जनाएको बताए अनि राम्रो अनि सकारात्मक कार्यको निम्ति सबैले सहयोग गर्ने उनले अपील पनि गरे | यसरी पहाडकै पहिलो बिश्वबिधालय मङपुमा नव निर्माण गर्नको निम्ति जीटीए  प्रमुख  बिमल गुरुङले मङपुलाइ चयन गरिएकोमा सम्पूर्ण जनता अनि पार्टीको पक्षबाट जीटिए प्रमुख बिमल गुरुङलाई मोर्चा मङपु जोन सचिव रतन लामाले आभार व्यक्त गरेका छन |

मङपुमा केन्द्र बिश्वविधालय नवनिर्माणको निम्ति जीटीए द्वारा पहल शुरु गरिएको छ | पहाड़मा केन्द्रिय बिश्वबिधालय स्थापना हुने बिषयमा जीटीएले डीपीआर नपठाएको कारण यसपालीको आम बजटमा

Read latest post filed under mungpoo news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.