Yog Guru Baba Ramdev to visit Jogighat Steel Bridge
प्रसिद्ध
योग गुरु बाबा रामदेव आगमी
१७ देखि १९ अप्रेल सम्म दार्जीलिंगमा
आयोजित योग शिविरमा उपस्थित
रहने शुभ समचार पछि उनको यही
दार्जीलिंग भ्रमण अन्तर्गत
उनी लगायत आचार्य बालकृष्ण
पनि जीटीए चिफ बिमल गुरुङसंगै
१८ अप्रेलको दिन मंग्पू अनि
सिटोंगलाई जोड्ने जोगीघाटमा
नव निर्मित स्टील ब्रिज उद्घाटन
कार्यक्रममा उपस्थित रहने
भएको छ |
जीटीए चिफ
संगै बाबा रामदेवको उपस्थितिमा
सम्पन्न हुने यस उद्घाटन कार्यक्रममा
बाबा रामदेवले यस क्षेत्रमा
आयुर्वेदिक संस्थानको योजना
लिएर सठीक स्थल खोज्दै भ्रमण
गर्ने भएको पनि जानकारी रहेको
छ | बिशेष शुत्रबाट जानकारी
पाए अनुसार यस ऐतिहासिक उद्घाटन
कार्यक्रममा जीटीए चिफ बिमल
गुरुङ संगै जीटीएका अन्य पदाधिकारीहरु,
बाबा रामदेव, आचार्य बालकृष्ण
लगायत केन्द्रीय मन्त्री मण्डलका
केही मन्त्रीगणहरु पनि उपस्थित
रहने भएको छ |
सिटोंग अनि
मंग्पू क्षेत्रका बासिन्दाहरुको
दीर्घ दिनदेखिको माग जीटीए
अन्तर्गत पुरा भएको प्रतिक
यस स्टील ब्रीजको उद्घाटनपछि
यस वर्षदेखि बर्खामा पनि यी
दुई क्षेत्रका गाडीहरु यही
ब्रीज भएर सजिलै ओहर – दोहोर
गर्न सक्ने भएको छ | यही उद्घाटन
कार्यक्रमलाई सफलीभूत पार्न
आज जीटीए सम्बन्धित बिभागको
पक्षबाट सचिवहरु छुदेन भुटिया,
भास्कर मोक्तान, सहायक अभियन्ता
सुदर्शन छेत्री, जीटीए सुचना
एवम सांस्कृतिक विभाग भारप्राप्त
सभासद बिनय तामांग, मिडिया
कर्मी सुरज शर्मा अनि साथीहरु
लगायत जीटीएका अन्य पदाधिकारीहरुले
स्थलगत भ्रमण गरेका छन् | यस
भ्रमण कार्यक्रममा क्षेत्रीय
सभासद रतन थापा, सिन्कोना निर्देशक
डा० सामुयल राई, सिन्कोनाका
अन्य पदाधिकारीहरु लगायत सिटोंग
अनि मंग्पू क्षेत्रका मोर्चा
प्रतिनिधिहरु पनि उपस्थित
रहेका थिए |
यसरी उद्घाटन
कार्यक्रमको छेक पारेर जीटीए
चिफ, केन्द्रीय मन्त्री मण्डलका
मन्त्रीगण लगायत राष्ट्रीय
तथा अन्तराष्ट्रीय स्तरका
योग गुरु बाबा रामदेवले पाइला
टेकेपछि निश्चय नै सिटोंग अनि
मंग्पू क्षेत्रका बासिन्दाहरुले
ठुलै उपलब्धि पाउन सक्ने छाँट
देखा परेको छ |

Post a Comment
We love to hear from you! What's on your mind?