यहाँको सिम्ले गोलाई नजिक सरोजनी स्मारक प्राथमिक पाठशाला परिसरमा दीनदयाल उपाध्याय ग्रामीण ज्योति योजना अन्तर्गत नयाँ सुव्यवस्थित बिधुत जडानको निम्ति लामा द्वारा पुजा गर्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभासद रतन थापा द्वारा शिलान्यास गरिएको छ |
केही हप्ता अघि सिम्लेको अर्को क्षेत्रमा बिधुत कार्य शरु गरिएको थियो भने आज फेरि सिम्ले गोलाई नजिकबाट पनि स्थानीय बासिन्दाहरुलाई नियमित बिधुत सर्वाह गराउन हेतु उक्त शिलान्यास कार्यक्रम गरिएको छ |
कार्यक्रमलाई सम्बोधन गर्दै सभासदले उपस्थित जन समुहलाई आफुले सकेसम्म यस गाउँको निम्ति कार्य गरेको बताउंदै यहाँको अधुरै रहेको बाटोको कामको निम्ति पनि सबन्धित विभागसित धेरै चोटि वार्ता गरेको बताएका छन् जो ढिलाई भएपनि सफल बनाएरै छाड्ने अनि गाउलेहरु एकार्कामा मनमुटाउ गरेर निराश नबन्ने पनि अपिल गरेका छन् | नयाँ तरिकाले बिधुत जडान गरिने कार्यमा जति ग्रामबासी ले सहायता अनि अपस्तमा समझदारी अप्नाउछ त्यति नै काम चाडो हुने भएकोले सबैले यस सामाजिक हितको काममा बाधा नदिएर सहयोग पुराइदिने अपिल पनि सभासद थापाले गरेका छन् |
पासाङ भुटिया द्वारा संचालित शिलान्यास कार्यक्रममा कालेबुंग विभागीय व्यवस्थापक प्रनित सुब्बा, मंग्पू बिधुत उपभोक्ता सहयोग केन्द्रका अधिकारी संजीव सुब्बा, मंग्पू बिधुत विभागका कर्मचारी साथै गाउँका विशिष्ट व्यक्ति - व्यक्तिवको उपस्थिति रहेको थियो ||

Post a Comment
We love to hear from you! What's on your mind?