मङपु११सेप्टेम्बर(केशर मोक्तान): मङपु सुमिकल इन्स्टिच्युट
अफ डान्सद्वारा आयोजित रुद्रान्ना
डान्स डाईमेन्सन प्रतियोगिताको
सेमीफाईनल आज मङपुमा सम्पन्न
भयो भने रुद्रान्ना डान्स
डाईमेन्सनको ग्रान्ड फिनालेको निम्ति
टप टेन प्रतियोगीहरु चुनिएको छ | दीपसोनी लिम्बु अनि प्रयास
योन्जनले सन्चालन गरेको
आजको रुद्रान्ना डान्स डाईमेन्सन
प्रतियोगितामा १० जना प्रतियोगीहरु
ग्रान्ड फिनालेमा पुग्न सफल
भएका छन | जसमा निनोरिका भुटिया
सिलगड़ी, समृद्धि तामाङ सिलगडी, दावालमु
तामाङ चामुङ टीस्टेट, सुनैना
तामाङ सुकिया पोखरी, सलोनी लिम्बु
मङपु, उपशना तामाङ सिलगडी, रिया
तामाङ लाटपन्चर, आदर्श तामाङ
घुम, सत्यम तामाङ लाटपन्चर अनि
रोजा थापा मङपु रुद्रान्ना
डान्स डाईमेन्सन टपटेन प्रतियोगी
बन्न सक्षम बनेका छन | आजको सेमीफाईनल
राउण्डमा रेश्मा बरुवा(गोरुबथान), प्रभास
तामाङ (घुम जोरबंगलो) अनि सबिना
शेर्पा(दार्जीलिङ) मुख्य जज(निर्णयाकगण)
रहेका थिए | आजको नृत्य प्रतियोगितामा
पर्फमर अफ द डे साईकृपा शर्मा
मङपु निवासीलाई चयन गरियो |
अधिकारिक मिडिया पार्टनर हिमालयदर्पण
रहेको उक्त रुद्रान्ना डान्स
डाईमेन्सन प्रतियोगिताको
ग्रान्ड फाइनले आगमी ३० अक्टुबर२०१५ को
दिन स्थानीय मङपु जनमैदानमा
सम्पन्न हुनेछ भने उक्त ग्रान्ड
फिनालेमा अधिक भोट प्राप्त
गर्ने प्रतियोगीलाई मात्र
अर्थात भोटिङको मध्यमबाट मात्र
रुद्रान्ना डान्स डाईमेन्सन
२०१५ को विजय प्रतियिगी घोषणा
गरिने आयोजक पक्षले जानकारी
दिएका छन |

Post a Comment
We love to hear from you! What's on your mind?