मङपूबासीले पनि अन्य स्थानहरुमा झैं वर्ष २०१५ को पारम्परिक तिहार पर्व हर्सोल्लासको साथ पालन गरेको छ | मुख्य गरेर लक्ष्मी पूजा साथै भैलेनीदेखि शुरु भएको तिहारमा त्यस रात केटीहरुले विधिवत भैलेनी खेलेर पर्वको रौनकता बढाएका थिए भने भोलि पल्ट अर्थात गोरु पूजाको दिन केटाहरुले देउसी खेल्दै रातभरि नै महान चाड देउसी धुमधामसाथ मनाएका थिए | यसरी नै आज भाई टिकाको दिन माइतीहरुले आफ्नो चेलीको हातबाट टिका लगाउंदै पारम्पारिक संस्कृतिको पालन गरेको छ भने चेलीहरुले पनि आफ्नो माइतीलाई रोग, कष्ट आदि सांसारिक पिडाहरुदेखि मुक्त हुने मनोकामना राखेको छ | तिहारकै लहरमा मङपूको अर्को महान पर्व दिपावली वार्षिक खेलकूद एवम मेलाको निम्ति मङपूबासी पूर्ण तयार भइसकेको छ | भाईटिकाको भोलि अर्थात १४ अनि १५ नोभेम्बरको दिन यो खेलकूद मङपू जनमैदानमा हुनेछ भने त्यसको तेश्रो दिन यसै मैदानमा बिगत महिनादेखि शुरु भएको गोल्डकप टुर्नामेन्टको फाइनल खेल सम्पन्न हुनेछ जसमा यसवर्ष बिर्तामोड एफसीको केएफसी सिलिगुडीसित जोडदार भिडन्त हुने भएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?