लाब्दा बस्ति प्राथमिक पाठशाला मैदानमा स्थानीय लाब्दा बस्ति पुजा समिति अनि श्री शनि प्रचार समिति नाम्ची, दक्षिण सिक्किमको संयुक्त आयोजनामा गत १६ जनवरीदेखि १८ जनवरी सम्म तीन दिवसीय शनि महापुराण सम्पन्न भएको छ | कथाकार संजय छेत्रीको बाहुलीबाट उद्घाटन गरिएको पुजा कार्यकममा गुरुजी प० आरके शर्मा ज्योतिष शनि गुरु द्वारा दैनिक कथासार अनि नेपालबाट आएका भजन मण्डली द्वारा भजनहरु प्रस्तुत गरिएको थियो भने १६ अनि १७ जनवरीको साँझ शनि भगवानको विषयमा बनिएको चलचित्र पनि उपस्थित भक्तजनहरुलाई प्रदर्शन गरिएको थियो | कार्यक्रममा स्थानीय आयोजक मण्डलीका सभापति उर्गेन शेर्पाको सभापतित्व रहेको थियो भने शरद कु० राइलेले उद्घोषण गरेका थिए |
हिन्दु धर्मलाई जागेरा गर्ने उदेश्यमा सम्पन्न गरिएको यस धार्मिक अनुष्ठानको अन्तिम दिन शनि हवन गर्दै रातको समय धर्मगुरुबाट महाप्रसाद वितरण अनि शनिको औठी वितरण पनि गरिएको थियो | कार्यक्रममा छायांकन गरिदिए वापद मङपू च्यानल क्यामेरामेन सुदन गुरुङलाई पनि समितिले धन्यवाद जनाएको जानकारी आयोजकको पक्षमा उतम मुखियाले एक विज्ञप्ति मार्फत जनाएका छन् ||
Post a Comment