अल इण्डिया लिम्बु ट्राइबल एसोसिएशन मङपू युनिट ( All India Limbu Tribal Association, Mungpoo Unit) को सभा बिनोद लिम्बुको अध्यक्षतामा सम्पन्न भएको छ | सभामा सर्वप्रथम बितेका पूर्वजहरुको आत्मा शान्तिको निम्ति एक मिनटको मौन धारण पनि गरिएको थियो | सभामा लिम्बु बिकाश बोर्ड गठन गरिदिएकोमा मुख्यमन्त्री ममता ब्यनार्जी प्रति एसोसीएशनको पक्षबाट कृतज्ञता प्रकट गरियो साथै बिकाश बोर्डको सेयरमेन कप्तान एनडी लिम्बु साथै भाइस चेयरमेन जीथा सुब्बालाई पनि मङपू शाखाको पक्षमा हार्दिक बधाई एवम शुभकामना प्रकट गरेका छन् | यही सभामा नयाँ सदस्य हुन चाहनेहरुले एकैचोटि पाँचवर्षको सदस्यता शुल्क तिर्नपर्ने सर्वसम्मतिले पारित गरेको छ | सम्बोधनको क्रममा राजा लिम्बुले सम्पूर्ण लिम्बु जाति एक हुनु पर्ने कुरोमा जोड दिए | यसरी नै डीपी लिम्बुले बिकाश बोर्डबाट आएको रकममा कुनै धाँधली नहोस भन्ने बिचार पोखे | सभापति बिनोद लिम्बुले अबोप्रान्त सभामा आउँदा भेष - भुषामा आउन पर्ने बिचार पोखे भने भाषा विषयमा कोषाध्यक्ष प्रेम कुमार लिम्बुले एक जना भाषा जान्ने शिक्षक ल्याएर हप्तामा दुई चोटि भाषा विषय पडाउन पर्ने जानकारी सभामा बताए | अब उसो सदस्यता शुल्क रुपियाँ १०० प्रत्येक सदश्यले तिर्न पर्ने जानकारी मणिराज लिम्बुले बताए | यसै सभामा प्रचार प्रसारको दायित्व मनोज कुमार सुब्बालाई सुम्पेको छ | अन्तमा लिम्बु बिकाश बोर्ड गठनको निम्ति धेरै सहयोग गरिदिने केन्द्रीय सदस्य योगेश लिम्बुलाई युनिटले धेरै धन्यबाद जनाएका छन् ||
अल इण्डिया लिम्बु ट्राइबल एसोसिएशन मङपू युनिटको सभा
09Feb2016
Post a Comment