भाइचुङ भोटियाको ब्यानरमा मङपूमा फुटबल ट्रेनिङ इन्स्टीच्युट शुरु गरिने

bhaichung bhutia football institute
केही दिन अघि दार्जीलिंगको सर्किट हाउसमा मङपू गेम्स एण्ड स्पोर्ट्स एकाडेमी (Mungpoo Games & Sports Academy) द्वारा भारतीय फूटबलका पुर्व कप्तान भाइचुंग भोटिया (Bhaichung Bhutia) सित भेटवार्ता गरिएको छ | यस भेटवार्तामा मङपू गेम्स एण्ड स्पोर्ट्स एकाडेमीका मूल सचिव सुजित राईले भोटिया समक्ष मङपूका समग्र खेल सम्बन्धि युवा - युवती साथै मङपूको बर्तमान खेलकूदको स्थिति बारे वृतान्त चर्चा गरेका छन् | यही अवसरमा भोटियालाई एकाडेमीको पक्षमा एउटा ज्ञापन पत्र पनि चडाइएको छ जसमा मङपू गेम्स एण्ड स्पोर्ट्स एकाडमी यस इलाकाको खेल क्षेत्रलाई उत्तरोतर विकास गराउनार्थ स्थापित भएको बताउंदै उहाँको सामर्थ्यको आधारमा एकाडेमीलाई सहयोग गरिदिने अनुरोध गरिएको छ |
यस वर्ष एकाडेमीको पहिलो क्रियाकलाप अन्तर्गत यस क्षेत्रमा फूटबल ट्रेनिंग इन्स्टीच्युट (Football Training Institute) शुरु गरी यहाँका उम्दा युवा साथै युवतीहरुलाई तयारी गर्न हेतु सहयोग गर्ने भोटियाले वचन दिए साथै उक्त इन्स्टीच्युट अन्तर्गत प्रशिक्षकवर्ग (कोच) को निम्ति आवश्यक पर्ने हुनाले मङपूकै खेलाडीहरुलाई भोटिया मार्फत दिल्लीमा कोच अनि रेफ्रीको प्रशिक्षण दिलाई एफएफएबाट प्रमाण पत्र दिलाउने वचन पनि दिएका छन् |
मङपू गेम्स एण्ड स्पोर्ट्स एकाडेमीलाई भोटियाले भविष्यसम्म यस मङपू साथै पहाडी क्षेत्रका युवा - युवतीहरुलाई राम्रो बाटो दोहोराउने पर्छ भन्ने सुझाउ पनि यही भेटवार्तामा दिएका छन् ||

केही दिन अघि दार्जीलिंगको सर्किट हाउसमा मङपू गेम्स एण्ड स्पोर्ट्स एकाडेमी (Mungpoo Games & Sports Academy) द्वारा भारतीय फूटबलका पुर्व कप्तान भाइचुंग भोटिया (Bhaichung Bhutia) सित भेटवार्ता गरिएको छ |

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.