सर्व भारतीय गुरुङ तमु संगठनको रेशेप शाखा गठन

Gurung Traditional Cultural Dress
सर्व भारतीय गुरुङ तमु संगठन ( Sarva Bharatiya Gurung Tamu Sangathan) ले आफ्नो संगठन दह्रिलो बनाउने क्रम द्रुत गतिमा चलिरहेको समय यहाँको डाक्टर अम्बेडकर स्कूल भावनमा एउटा महत्वपूर्ण सभा बसेर रेशेप शाखा गठन गर्यो | संगठनको मङपू जोन सभापति भोज बहादुर गुरुङको सभापतित्वमा बसेको सभालाई जोन संयोजक कुन्दन गुरुङले संचालन गरेका थिए | जनजातिको दर्जा पुन आन्दोलित संगठनले सबै गुरुङ जातिलाई धर्ममा नटुक्रिएर केवल गुरुङ जाति भएर सबै एक हुँदै आफ्नो जातिको हक र अधिकार प्राप्त गर्न एकजुट हुने अपिल गरेका छन् | सभालाई सांगठानिक सचिव बरुण गुरुङ अनि मङपू लाब्दा लाठपन्चर सिटोंगका संयोजक बिकास गुरुङले बिशेष प्रकारले सम्बोधन गरेका थिए | यही सभामा लठपन्चर सिटोंग अन्तर्गत पर्ने घलेटार शाखाका अखिल भारतीय गुरुङ बौद्ध संगठनका सभापति प्रताप गुरुङ अनि सचिवा संजिका गुरुङले पुरानो संगठन त्यागेर सर्व भारतीय गुरुङ तमु संगठनमा सामेल भएको जानकारी पनि संयोजक बिकाश गुरुङले दिएका छन् | उनले अझ बताए अनुसार जनजातिको मुद्दाको निम्ति पहाडमा  हस्ताक्षर अभियान चलिरहेको बताउंदै चाडै मङपूमा पनि हस्ताक्षर अभियान हुने अनि त्यस अभियानमा सम्पूर्ण गुरुङ समुदायले आफ्नो उपस्थिति दिएर उक्त अभियानलाई सफल बनाउने निवेदन गरे |

नव गठित रेशेप शाखामा निम्न प्रकारले पदाधिकारी चयन गरिएको छ - सभापति एनबी गुरुङ, उप सभापति अरुण गुरुङ, सचिव दुर्गा गुरुङ, सह सचिव भिषण गुरुङ, सल्लाहकार एसबी गुरुङ, अम्बर बहादुर गुरुङ, राम प्रसाद गुरुङ, पूर्ण बहादुर गुरुङ, नरेन गुरुङ, कोषाध्यक्ष कल्पना गुरुङ, चन्द्रशोभा गुरुङ साथै ४० जनाको कार्यकारिणी सदश्यहरु चुनिएको छ ||

सर्व भारतीय गुरुङ तमु संगठन ( Sarva Bharatiya Gurung Tamu Sangathan) ले आफ्नो संगठन दह्रिलो बनाउने क्रम द्रुत गतिमा चलिरहेको समय यहाँको डाक्टर अम्बेडकर स्कूल भावनमा एउटा महत्वपूर्ण सभा बसेर रेशेप शाखा गठन गर्यो |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.