गत २० जूनको दिन कलकतामा गोर्खा राष्ट्रीय मुक्ति मोर्चा केन्द्रीय समितिको टोलीले मुख्यमन्त्री ममता ब्यनार्जीसित भेटवार्ता गरेपछि पत्रकार द्वारा सोधिएको प्रश्नको जवाबमा “ गोर्खाल्याण्ड” विषयमा कुराकानी भएन भन्दै भूतपुर्व विधायक एवम गोरामुमो केन्द्रीय समिति प्रवक्ता एनबी छेत्रीले दिएको बयानलाई केन्द्र गरी गोर्खा जनमुक्ति युवा मोर्चाले जुन प्रेस विज्ञप्ति दिएको थियो त्यसलाई गोरामुमो युवा मोर्चा, भीपीसी एवम गोरामुमो मङपू शाखाले घोर भर्त्सना जनाएको छ साथै दार्जीलिंग शहर बिच टाँसिएको “ गोर्खाल्याण्डको विरोध गर्यो – आफ्नो पहाड छोड्नु पर्ने “ जस्ता पोस्टरहरुको पनि निन्दा गरेको छ किनभने त्यस्ता कथनबाट जनताको मौलिक अधिकार हनन भएको बुझिन्छ यसैले गोर्खा जनमुक्ति युवा मोर्चा, दार्जीलिंग टाउन कमिटिले चाडो गरेर माफी माग्नु पर्छ किनभने छैटौं अनुसुचि भएपछि गोर्खाल्याण्ड हुने बयान गोरामुमो भीपीसी, युवा मोर्चाले पहिलेदेखि नै दिसकेको छ | गोर्खा राष्ट्रीय मुक्ति मोर्चाले गोर्खाल्याण्डको विरोध गरेको छैन, पत्र पत्रिकामा नचाहिँदो बयानहरु दिएर पहाडको शान्ति भंग गर्ने प्रयास गर्नु हुँदैन भन्दै गोर्खा राष्ट्रीय मुक्ति मोर्चा मङपू शाखाको पक्षमा चमन प्रधानले एक विज्ञप्ति मार्फत जनाएको छ ||
गत २० जूनको दिन कलकतामा गोर्खा राष्ट्रीय मुक्ति मोर्चा केन्द्रीय समितिको टोलीले मुख्यमन्त्री ममता ब्यनार्जीसित भेटवार्ता गरेपछि पत्रकार द्वारा सोधिएको प्रश्नको जवाबमा “ गोर्खाल्याण्ड” विषयमा कुराकानी
Post a Comment
We love to hear from you! What's on your mind?