विश्व पर्यावरण दिवस आइतबार परेको हुँदा लाब्दा सीपी प्राथमिक पाठशाला ( Labdah CP Primary School) ले आज वृक्ष रोपन गर्दै पर्यावरण दिवस पालन गर्यो | पाठशाला शिक्षिका रिता तामांग अनि स्वयसेवक शिक्षक पवन राई अनि सौगन्ध राईको नेतृत्वमा पाठशालाका स – साना अवोध नानीहरुलाई पर्यावरण संरक्षण एवम स्वच्छ पर्यावरणबाट हुने फाइदा बारे जानकारी दिंदै पाठशाला परिसरमा वृक्ष रोपन गरियो | रुख पात मासेर पानीको मुहानहरु सुकेको, पानीको हाहाकार बढेको, पहिरो चलेको कुराहरु अवोध शिशुहरुलाई बताउंदै चारैतिर रुखपात रोपेर हरियाली बनाए हामी कतिपय प्राकृतिक आपदाहरुदेखि बाँच्न सक्छौ, स्वस्छ वातावरण भए हाम्रो शरीरले सफा अक्सिजनयुक्त हावा पाउँछ जसले हामीलाई निरोगी बनाउँछ भन्दै नानीहरुको भाषामा सिकाउंदै उनीहरुको कलिलो दिमागमा पर्यावरण सचेतनाका कुरा अहिलेदेखि नै हालिदिने प्रयास यस पाठशालाका शिक्षक – शिक्षिकाहरुले गरेका छन् | यस बाहेक नानीहरुलाई पर्यावरण सम्बन्धि गीत गाउन सिकाए, नाटकहरु सिकाएका थिए भने आज यो पाठशालाले धेरै वृक्ष रोप्न नसके पनि भोलिका भविष्य यी नानीहरुको दिमागमा पर्यावरण संरक्षणको बिरुवा रोप्न भने सफल भएको बुझिएको छ ||

Post a Comment
We love to hear from you! What's on your mind?